site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सल्यान बस दुर्घटना : दोषी को ? चालक कि जीर्ण सडक ?

काठमाडौं । आइतबार सल्यान कपुरकोट–५ खारखोलामा ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा १२ जनाले ज्यान गुमाए भने १९ जना घाइते भए । बस करिब दुईसय मिटर तल खसेको थियो ।

प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनालगत्तै चालक फरार भएका थिए । तर, उनी सोमबार (आज) दाङको तुलसीपुर प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका छन् । उनी सल्यानको शारदा नगरपालिका– ३ महिसेपानीका ३० वर्षीय सुदीप खान हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले चालककै लापरबाहीले दुर्घटना भएको बताए । ‘‘चालकको लापरबाहीले नै दुर्घटना भएको हो । चालकको बयान पछि सरकारी वकिल कहाँ गएपछि हुन्छ,” उनले भने, ‘‘अन्य अनुसन्धान भइरहेको छ ।” 

उनले चालकसँग बयान लिने तयारी भइरहेको जानकारी दिए । ‘‘चालक हामीकहाँ भर्खरै आइपुगे । बयान नभएर अनुमानका भरमा केही भन्न सकिँदैन । आधिकारिक कुरा बयानपछि मात्रै आउँछ,” डीएसपी थापाले भने । 

उनकाअनुसार केही घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । केही घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । केही सामान्य अवस्था भएका घाइतेको उपचार सल्यानमै उपचार भइरहेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठकाअनुसार चालक र बस साहु पनि घाइते छन् । उनी पनि अहिलेसम्म तीव्र गतिकै कारण दुर्घटना भएको खुलेको बताउँछन् ।

तर, जिल्ला प्रशासन कार्यालय सल्यानले बस दुर्घटना भएको ठाउँको सडक जीर्ण रहेको जनाएको छ । प्रशासनकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सडकमा खाल्डाखुल्डी भएको जानकारी दिइन् । 

‘‘सडकमा खाल्डाखुल्डी छन् । जीर्ण सडक हो । तर, दुर्घटना हुने सडक भने होइन । राप्ती राजमार्गअन्तर्गत पहिले पिच गरिएको सडक हो । अहिले जीर्ण भएर सडकमा खाल्डाखुल्डी परेका छन्  । तर, प्रहरीले तीव्र गतिकै कारण दुर्घटना भएको बताएको छ,” प्रजिअ होमागाई खतिवडाले भनिन् ।

प्रदेश सरकार मौन 
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार शोक वक्तव्य जारी गरेका छन् । उनले राजमार्ग, ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको चेकजाँच गर्न र चालक यातायातका साधनको नियमित अनुगमन गर्न निर्देशन दिएका छन् ।

यसबाहेक कर्णाली प्रदेश सरकारले अन्य कुनै निर्णय नगरेको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro