विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी छन् ।
आतइबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी हुन् । “भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सबै काम मन्त्रीको हातमा हुँदैन । यो क्रमशः समाधान हुँदै जाने हो,” उनले भनिन् । उनले सरकारको व्यवस्थित कार्ययोजनाअनुसार नै भूमिहीनको समस्या समाधान हुन सक्ने उल्लेख गरिन् ।
अहिले न्यायालयमा देखिएको विवादको निरूपणको विषयमा सोधिएको प्रश्नमा मन्त्री श्रेष्ठले न्यायालय पुनर्संरचना गर्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताइन् । “हामीले गणतन्त्र स्थापना गर्यौँ । राजनीतिक संरचना पनि परिवर्तन ग¥यौँ । त्यहीअनुरूपको न्यायालय क्षेत्रमा पुनर्संरचना गर्न सकेनौँ,” उनले भनिन् ।
भूमि आयोगको आयोजनामा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठ विराटनगर आएकी हुन् ।