अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो ।
यही कात्तिक ४ गते सात दिन अवधिको १० अर्बको रिपो बजारमा पठाएकोमा आज परिपक्व हुँदै छ । आजै पुनः केन्द्रीय बैंकले २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकहरूले तरलता अभाव भएपछि स्थायी तरलता सुविधा उपयोग गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्