राजनीति
काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गरेको छ । आज ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनकाअनुसार अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको छ ।
“६ सयभन्दा बढी पालिका अधिवेशन सकिएको रिर्पोट आएको छ । अधिकांश ठाउँमा सर्वसम्मत रूपमा नै भएको जानकारी आएको छ । अहिले नेतृत्व चयन भइरहेको छ,” उनले भने ।
एमालेले देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । ७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।
यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ १८:४८
प्रतिक्रिया दिनुहोस्