site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस र चीन सफल भइसकेको हाइपरसोनिक परीक्षणमा अमेरिकी सेना असफल 

सीएनएन । हाइपरसोनिक हतियार निर्माणमा अमेरिकाले हालै नयाँ असफलताबाट गुज्रिनुपरेको छ जसमा यसका प्रतिस्पर्धी, रुस र चीनले चाहिँ अगाडि नै सफल परीक्षण गरिसकेका छन् । असफल परीक्षणबारे पेन्टागनले बिहिबार जानकारी दिएको हो । 
प्रजेक्टाइललाई हाइपरसोनिक गतिमा पुर्याउन प्रयोग गरिने रकेटको बुस्टर स्ट्याकले भनेजस्तो काम नगरेपछि परीक्षण असफल भएको हो । 

रकेट नै ‘फेल’ भएपछि हाइपरसोनिक हतियार निर्माणमा सबैभन्दा महत्वपूर्ण हाइपरसोनिक ग्लाइड बडि परीक्षण गर्न नसकिएको बताइएको छ । यस्तोमा अधिकारीहरु अहिले सो परीक्षणको विश्लेषण गरिरहेका छन् । किन असफल भयो भनेर बुझ्नका लागि । 

पेन्टागनका प्रवक्ता टिम गोरमन भन्छन्, “परीक्षण गर्दा सफलता र असफलता नै अत्याधिक जटिल प्रविधि निर्माणको मेरुदण्ड हो । यसमा पनि हाइपरसोनिक भनेको अत्यन्तै धेरै गतियुक्त प्रविधि हो । ”

KFC Island Ad
Dabur Nepal
NIC Asia

रुस र चीनले धेरै समय अगाडि नै आ–आफ्नो भर्जनको हाइपरसोनिक हतियार निर्माण गरिसकेको हुँदा अहिले पेन्टागनले पनि यसलाई शिर्ष प्राथमिकतामा राखेर काम गरिरहेको छ । तर यो नयाँ असफलताले अमेरिकालाई फेरि पछि धकेलिदिएको छ । 

आवाजको गति भन्दा छिटो रफ्तारमा उड्न सक्ने हुनाले नै हाइपरसोनिक हतियारबारे पत्ता लगाउनु एकदमै कठिन हुन्छ ।

मिसाइल प्रतिरक्षा प्रणालीका लागि यो अत्यन्तै चुनौतिमय हुन सक्छ । यो सजिलै त्यस्ता प्रणालीको नजरबाट बचेर प्रहार गर्न सक्छ । 

गत हप्ता मात्र फाइनान्सियल टाइम्सले रिपोर्ट गर्दै चीनले सफलतापूर्वक आणविक हतियार बोक्न सक्ने हाइपरसोनिक ग्लाइडको परीक्षण गरेको खबर गरेको थियो । तर चीनले चाहिँ सो खबर अस्वीकार गर्दै केबल सामान्य स्पेसक्राफ्ट परीक्षण रहेको बताएको छ । 

त्यस्तै उता दुई हप्ता अगाडि रुसले पनि सबमरिनद्वारा लन्च गरिएको हाइपरसोनिक मिसाइल पहिलोपटक सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको थियो । 

यस्तोमा चीन र रुसको बढ्दो क्षमतालाई मध्य नजर राख्दै पेन्टागनले पनि २०२० को दशकको सुरुवाततिरै सफलता हासिल गर्न झन जरुरी बनेको छ । 

अमेरिकाले अहिले पानी जहाज, जमिन अनि हावामा आधारित परम्परागत हाइपरसोनिक हतियारमा केन्द्रित भइरहेको छ । 

चीनको डीएफ–१७ मध्यम रेन्जको हाइपरसोनिक हतियार आवाजको गति भन्दा पाँच गुणा छिटो यात्रा गर्न सक्षम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro