site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीबाट प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

विराटनगर । प्रदेश नम्बर १ मा बाढीको कारण ५० हजार हेक्टरमा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको  छ । काटेको १० हजार हेक्टरसमेत गरी जम्मा उत्पादनमा सम्पूर्ण रुपमा १५ प्रतिशत क्षति भएको छ प्रदेश सरकारको प्रारम्भिक आकलन छ ।

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले बाढीबाट धनजन र अन्नबालीमा भएको क्षतिबारे सदनलाई जानकारी गराएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आचार्यले कटाई भइसकेपछि कूल उत्पादन हुनेमध्ये साढे सात प्रतिशत जति नष्ट हुने अनुमान रहेको बताए । धानबाली र पशुपंक्षिको क्षति सम्बन्धमा के राहत दिने छलफल भइरहेको बताउँदै आचार्यले अन्नबालीमा क्षति बेहोरिएका किसानलाई २५ प्रतिशत राहत सरकारले दिने जानकारी दिए ।

सोमबारदेखि अविरल परेको वर्षाका कारण ठूलो क्षति प्रदेश १ मा ७० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता र १८ जना घाइते भएका छन् । सबैभन्दा धेरै पाँचथरमा २८ र इलाममा १२ जनाको मृत्यु भएको मुख्यमन्त्री आचार्यले सदनसमक्ष जानकारी गराए ।  बाढीले प्रदेश १ मा ४० घरमा पूर्ण क्षति र  एक हजार आठसय २५ घरमा आंशिक क्षति पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro