मुम्बई । सन् २०१९ मा बलिउडमा डेब्यू गरेकी स्टार किड अभिनेत्री अनन्या पाण्डे नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालयमा पुगेकी छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको पछिल्लो केसमा आएको नयाँ रिर्पोटसँगै अनन्यालाई एनसीबीले बिहीबार बयानका लागि बोलाएको थियो । एनसीबीको पत्रपछि अनन्या बुबा चंकी पाण्डेसँग एनसीबीको कार्यालय पुगेकी हुन् ।
बुधबार आर्यनको छैटौँपटक सुनुवाइ सुरु हुन केही घण्टाअघि मात्रै आर्यनको बलिउडकी एकजना डेब्यू अभिनेत्रीसँग ह्वाट्स एपमा लागुऔषध बारेमा च्याट भएकोबारे एनसबीले सार्वजनिक गरेको थियो ।
एनसीबीको कार्यलय पुगेको अभिनेता चंकी पाण्डेले आफ्नो तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने बताएका छन् । एनसीबीले भने अनन्यालाई केही सोधपुछ गर्न बोलाउँदैमा उनी दोषी हुन भन्न नमिल्ने बयान दिएको छ । अनन्यासँग अहिले सोधपुछ जारी छ ।
यता न्यायिक हिरासतमा रहेका आर्यनको बेलको सुनुवाइ अब २६ अक्टोबरमा हुँदैछ ।
नवभारत टाइम्सबाट ।