site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोकिएको दरबन्दीको विज्ञापन खुलाउने शिक्षक सेवा आयोगको तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले लामो समयदेखि रोकिएको दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । यसका लागि आयोग नियमावली संशोधनको पर्खाइमा छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नियमावली संशोधन प्रस्ताव पारित भएपछि आयोगले १७ हजार २२३ दरबन्दी खुलाउने तयारी रहेको जानकारी दिए । “संशोधन प्रस्ताव पठाइसकेका छौँ । अहिले छुटेका पाठ्यक्रम बनाउँदै छौँ । यी दुई काम हुनेबित्तिकै विज्ञापन खुलाउँछौँ,” उनले भने ।

आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रक्रिया अघि बढ्न सकेको थिएन । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षालगायत काम सबै अड्किएका छन् ।

आयोगको नियमावली २०५७ को दफा (१८) र (३८) नम्बरको बुँदा संशोधन नहुँदा विज्ञापन खुलाउन नसकेको हो । सो बुँदा संशोधन गरी खुला प्रतियोगितात्मक परीक्षा बनाउनुपर्ने गरी प्रस्ताव लगिएको आयोगले जनाएको छ । यस्तै, दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिससम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव लगिएको छ ।

नियमावली संशोधन भई पारित भए माध्यमिक तहमा एक हजार ५४४, निम्न माध्यमिक तहमा दुई हजार ५९४ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षक छनोट गर्ने तयारी आयोगको छ ।

हाल आयोगले छुटेका दुई विषयमा पाठ्यक्रम बनाउन लागेको छ । ऐच्छिक विषयअन्तर्गत संस्कृतको माध्यमिकतर्फ न्याय र निम्न माध्यमिकमा कर्मकाण्ड विषयको पाठ्यक्रम बनाउन बाँकी छ ।

सूचना अधिकारी मरहठ्ठा भन्छन्, “सबै विषयको पाठ्यक्रम बनेको जस्तो लागेको थियो । संस्कृतभित्र यी दुई विषय बाँकी रहेछन् । अब विज्ञ राखेर पाठ्क्रम बनाउँछौँ ।” उनका अनुसार १५ दिनभित्र यी दुई विषयका पाठ्क्रम बनिसक्नेछन् । हालसम्म निम्न माध्यमिकतर्फ ११ विषयमा १० को पाठ्क्रम बनिसकेको छ भने माध्यमिकमा १५ विषयमा १४ विषयको पाठ्क्रम बनिसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले नियमावली संशोधनले खुलातर्फको विज्ञापन खोल्न आयोगलाई कुनै रोकावट नभएको दाबी गरे । उनी भन्छन्, “बढुवाको लागि नियमावली संशोधन चाहिएको हो । खुलातर्फ विज्ञापन खुलाउँदा हुन्छ ।” उनले नियमावली संशोधनको प्रक्रियामा रहेको पनि जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro