site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिरस्कार सहन नसकेर ममताले रोजिन् आत्महत्या

जनकपुरधाम । गत भदौ २३ गते साँझ, ६ बजेको थियो । घाम डुब्नै लागेको थियो । सडक सुनसान थियो । गाउँ पुग्नै लाग्दा सडकमा तीन जना किसोर उभिएको देखिन्, जनकनन्नदी गाउँपालिका ४ खजुरीकी १४ वर्षीया ममता कुमारी कामतले । साँझको टिउसन पढेर घरतर्फ जाँदै थिइन्, उनी । सुनसान सडकमा केटाहरु देखेपछि सडकको पेटी परिवर्तन गरी छिटो–छिटो हिड्न थालिन्, ममता । किसोरहरुले ममतालाई जिस्काए । केही जवाफ नदिएपछि अपशब्द बोल्न थाल्यो, ममता चुपचाप उनीहरुलाई उछिनेर जान खोजिन् । तर, भिलवा दास र कलेश्वर दासले ममताको बाटो छेके । 

संजय दास भने गाउँबाट कोही आउँदै छ कि भनेर हेर्दै थिए । बाटो छेकेर किसोरले उनको हात समाउन खोज्दै थियो । ममता एकछिन अक्क न बक्क भइन् । डरले उनको शरीर पसिना–पसिना भयो । गाउँतर्फबाट साइकलमा एकजना आउँदै थिए । त्यत्तिकैमा कलेश्वरले भने उनको हातमा एउटा पर्ची दिँदै फोन गर्न भने । पर्चीमा फोन नम्बर लेखिएको थियो । यो सबै कुरा ममताको बुबा सुरेश कामतले जाहेरी दिन तयार पारेको कागजातमा उल्लेख गरिएको छ ।

तयार पारिएको जाहेरी अनुसार फोनमा कुरा नगरे ज्यान मार्ने धम्की नै दिइएको थियो । “फोन गरी हामीसँग सम्पर्क गर्नू । नत्र भोलि तेरो टिउसन नेपालमा हुँदैन । अन्यत्र उठाई लान्छु,” ममतालाई दिएको धम्की जाहेरी पत्रमा उल्लेख गरिएको छ । त्यसपछि  ममताले त्यो दिन रुदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् । भोलिपल्ट ममताको नातामा दाइ पर्ने बलिराम कामतले पर्चीमा दिएको नम्बरमा फोन गरी सम्झाउन खोजे । तर, तन्नेरी उमेरका केटाहरुले उल्टै धम्की दिन घरमा आएको परिवारजनको आरोप छ । त्यो दिन पनि दुबै पक्षबीच विवाद भयो । ममताको बुबाले इलाका प्रहरी कार्यालय खजुरीलाई जानकारी गराए । इलाकाले यस्ता मुद्दा स्थानीय जनप्रतिनिधले टुङ्गो लगाउने भन्दै फर्कायो । उनको बुबा सुरेशले वडाध्यक्ष हरिचन्द्र कामतलाई पनि जानकारी गराए । 

भोलिपल्ट वडा कार्यालयमै पञ्चायत डाकियो । त्यतिबेला सम्म घटनालाई राजनीतिक रुप दिन सुरु भइसकेको थियो । पञ्चायतमा पीडक पक्षकै दबदबा थियो । हरेक आरोपको खण्डन उनीहरुले चर्काे स्वरमा दिए । दुबै पक्षबीच चर्का–चर्की हुन थाल्यो । आरोपित पक्षका रामउदगार दासले हो–हल्ला मच्चाए । कुटाकुट भयो । दुबै पक्षका मानिस घाइते पनि भए । 
 
करिब दश दिनपछि वडाध्यक्ष हरिचन्द्र कामतले ममताको बुबा सुरेशलाई पुनः प्रहरीमा उजुरी गर्न सुझाए । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रवि मैनालीसँग पुनः ममताको बुबाले न्यायको लागि अनुनय गरे । निरीक्षक मैनालीले ममतालाई बयानको लागि प्रहरीमा आउन भने । उनको बुबाले त्यो कुरा घरमा सुनाए । ममताले त्यो कुरा थाह पाएपछि मंगलबार २ बजे धानमा हाल्ने औषधि (विष) सेवन गरि आत्महत्या गरिन् । 

दुबै पक्षका नेताहरुले आरोप्रत्यारोप गर्न थालेपछि विवाद भएको वडाध्यक्ष हरिचन्द्र कामतले बताए । मिलापत्र हुने अवस्था नदेखेपछि प्रहरीमै पठाएको उनको भनाइ छ । घटनाबारे समयमा समाज र प्रहरी सम्बेदनशिल नहुँदा ममताले गलत बाटो रोजेको उनले औंल्याए । “धैर्यता कसैलाई छैन्, आवेग सबैलाई छ,” उनले भने, “आवेग र रिसको परिणाम हो यो ।” घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही गर्न उनले प्रशासनलाई सुझाए ।
 
यता, प्रहरी निरीक्षक मैनालीले मुद्दा दर्ता गर्ने अधार नदेखिएपछि दर्ता नगरेको दाबी गरे । ममतालाई बयानका लागि प्रहरीमा बोलाउँदा नआएको उनले उनले बताए । तर, आरोपित व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयमा बोलाई बयान गर्दा दोष नदेखिएको हुनाले मुद्दा दर्ता नगरेको उनको भनाइ छ । मृतकका आफन्तले प्रहरीले घुस खाएर मुद्दा दर्ता नगरेको आरोप लगाएका छन् । प्रहरीले अनुसन्धानमा चासो नदेखाउँदा छोरीले ज्यान गुमाएको ममताको बुबा सुरेशको गुनासो छ ।   
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro