देश
पोखरा । पोखराको घान्द्रुकमा भएको जिप दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार उनीहरुलाई दुईवटा एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
८ जनाकै अवस्था गम्भीर रहेको उनले बताए ।
ग१ज ६९०० नम्बरको जिप कलाभीरबाट मोदी खोलामा खसेको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।
पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए । घाइते कसैको पनि पहिचान खुलेको छैन । सामान्य घाइते एकजनाको भने नयाँपुलस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८ १६:०३
प्रतिक्रिया दिनुहोस्