साहित्य
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको परिवार अहिले तनावमा छ । ठूलो छोरा आर्यन खान लागुऔषध मुद्दामा फसेका छन् । बिहीबारको सुनुवाइमा अदालतले १४ दिने न्यायिक हिरासतको फैसला सुनायो ।
आर्यनका वकिल सतिश मानशिन्देले आर्यनको रिहाइको अपिल गरेका छन्, जसको सुनुवाई आज हुँदैछ । यसबीच खान परिवार सामाजिक सञ्जालमा सक्रिय छैन ।
तर, शुक्रबार छोरी सुहाना खानले सामाजिक सञ्जालमा केही पोस्ट गरेकी छन् । आमा गौरी खानको जन्मोत्सवको मौका पारेर सुहानाले शुभकामनाका शब्द पोखेकी छन् ।
शाहरुखको अंगालोमा भएको गौरी र शाहरुखको पुरानो श्यामश्वेत फोटो पोस्ट गर्दै सुहाना लेख्छिन्, “ह्यापी बर्थडे आमा ।” नवभारत टाइम्स
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८ १३:३४
प्रतिक्रिया दिनुहोस्