site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अति आवश्यक विद्युत्का तार काट्ने नेपाल विद्युत् प्राधिकरणलाई कारबाही गर्न माग गरेको छ । विद्युत् प्राधिकरणले अरू उपाय नअपनाई सिधै अति आवश्यक इन्टरनेटका तारहरू काटेको भन्दै कारबाहीको माग गरिएको हो ।

विद्युत् प्राधिकरणले शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेटका तार काट्न सुरु गरेको छ । जथाभावी प्राधिकरणले तार काट्दा देशका विभिन्न स्थानमा इन्टरनेटको समस्या भएको भन्दै दूरसञ्चारले एक सूचना जारी गर्दै ध्यानाकर्षण भएको जनाएको  छ ।

दूरसञ्चार ऐन, २०५३ मा कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीचको छलफललाई बेवास्ता गर्दै प्राधिकरणले एक्कासि तार काट्नु सरासर गलत भएको सूचनामार्फत जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro