site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरलता अभावकै बीच सातामै ३१ अर्ब कर्जा विस्तार

काठमाडौं । तरलता अभावमा जुधिरहेका बैंकहरुले एक सातामै ३१ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको असोज १ गतेदेखि ८ गते शुक्रबारसम्म ३१ अर्बले कर्जा विस्तार गरेका छन् । 

चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता अभाव झेलिरेहका बैंकहरु कर्जा विस्तार उच्च भए पनि निक्षेप बढ्न नसक्दा समस्यामा पर्दै गएका छन् । केही बैंकहरुले सीआरआर व्यवस्थापनकै लागि स्थायी तरलता सुविधा (एसएलएफ) लिइरहेका छन् भने कर्जा लगानी क्षमता भएका बैंकहरुले पनि तरलता अभाव हुँदा एसएलएफ लिएर नै कर्जा लगानी गरिरहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भदौ मसान्तमा ३८ खर्ब ७२ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा लगानी भदौ ८ गतेसम्म पुग्दा ३१ अर्बले बढेर ३९ खर्ब ३ अर्ब पुगेको छ । कर्जा विस्तार ‘एग्रेसिभ’ देखिएका बैंकहरुको निक्षेप भने तुलनात्मक रुपमा न्यून बढेको छ ।

भदौ मसान्तमा ४१ खर्ब ७१ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असोज ८ गतेसम्म ९ अर्बले बढेर ४१ खर्ब ८० अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरुले २०७८ असार मसान्तको  भन्दा कर्जा लगानी करिब १ खर्ब ८२ अर्बले विस्तार गरिसक्दाम पनि चालु आर्थिक वर्ष लागेपछि बैंकिङ प्रणलीबाट बाहिरीएको निक्षेप भने अझै प्रणालीमा आउन सकेको छैन । असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको कर्जा लगानी असोज ८ मा बढेर ३९ खर्ब ३ अर्ब पुगेको छ । तर, निक्षेप संकलन भने असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेकोमा चालु आर्थिक वर्ष लागेपछि भदौ ४ गते ४१ खर्ब १७ अर्ब झरेकोमा त्यसपछि क्रमशः बढेर असोज ८ मा ४१ खर्ब ८० अर्ब पुगेको छ ।

बैंकिङ प्रणालीमा रहेको रकम राजश्वको रुपमा सरकारको सञ्चित कोषमा जम्मा भएको तर सरकारको बजेट खर्च हुन नसक्दा बैंकहरुको निक्षेप प्रभावित भयो । तीन  तहका सरकारको सञ्चित कोषमा २ खर्बभन्दा बढी रकम रहेको महालेखा नियन्त्रकको कार्यलेले जनाएको छ । तर, बैंकिङ प्रणालीमा भने तरलताको चरम अभाव रहेको छ । अर्कोतर्फ रेमिट्यान्समार्फत भित्रिएको  रकम आयातलाई नै धान्न नसक्ने अवस्था रहँदा निक्षेप बढ्न नसकेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro