फोटो फिचर
काठमाडौं । हनुमानढोकाको श्वेत भैरवको मुखबाट खसालिने प्रसाद मंगलबार राति महिलाहरूलाई मात्र खुवाइएको छ । आठदिन लामो इन्द्रजात्राको अवधिभर हरेकदिन साँझ पूजापछि श्वेत भैरवको मुखमा राखेको पाइपबाट प्रसाद स्वरूप जाँड रक्सी खसाल्ने गरिन्छ । मंगलबार रातिको प्रसाद खान महिलाहरूको भिड लागेको थियो ।
केहीवर्षअघिसम्म महिला पुरुष सबैले हरेकदिन प्रसाद खान पाउँथे । तर, पुरुषहरूको भिडका कारण महिलाहरू प्रसाद खानबाट वञ्चित हुने गरेको गुनासोपछि केही वर्षदेखि महिलाका लागि मात्र भनेर एक दिन छुट्याउन थालिएको हो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८ २२:३२
प्रतिक्रिया दिनुहोस्