खेल

काठमाडौं । टोटेनहमले युरोपा कन्फ्रेन्स लिग फुटबलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । रेनसको मैदानमा खेलको ११औं मिनेटमा लोसिक बाडेको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनायो ।
फ्लाभिन टेइटले २३औं मिनेटमा गोल गर्दै रेनसलाई १–१ गोलको बराबरीमा फर्काए । ७२औं मिनेटमा गेटन लाबोर्डेले गोल गर्दै रेनसलाई २–१ को अग्रता दिलाए ।
७६ औं मिनेटमा पीएरे इमिलले गोल गर्दै खेल २–२ गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए । बराबरीसँगै समूह ‘जी’ को टोटेनहम र रेनसले पहिलो खेलमा १/१ अंक जोडेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८ ०९:०८
प्रतिक्रिया दिनुहोस्