site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा ११ किलो सुन गायब प्रकरण : अख्तियारले देखायो सक्रियता 

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन घोटाला भएको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । अख्तियारमा चाँदीको जलहरीलाई हटाएर सुनको जलहरी हाल्ने क्रममा ११ किलो सुन गायब भएको उजुरी परेको थियो ।

अख्तियारले अनुसन्धानको दायरा बढाउँदै कोषका पूर्व सदस्य सचिव प्रदीप ढकाल, सदस्य सचिव मिलनकुमार थापासँग बयान लिएको छ ।
 
सुनको जलहरीमा तामा मिसाई ११ किलो सुन गायब बनाइएको आरोप कोषलाई लागेको छ । त्यसकै आधारमा आयोगले कोषका पदाधिकारीहरूको बयान लिएको छ ।  

१०८ किलोको सुन जलहरीमा लगाइएको भनिएकोमा ९७ किलो सुनमात्रै प्रयोग भएको दाबी गरिएको छ । 

पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो ।
 
१०८ किलोको सुनको जलहरी हाल्ने भनिएपनि ९७ किलोमात्र लगाएर बाँकी सुन गायब बनाइएको उजुरीका आधारमा अनुसन्धानमा सक्रियता देखाएको आयोगले जनाएको छ । 
 
अख्तियार स्रोतकाअनुसार सुन गायब भए नभएको टुंगो लागिसकेको छैन । ‘‘११ किलो सुन गायब भएकोबारे अनुसन्धान भइरहेको छ । अहिले नै हामीले बोल्न मिल्दैन । अनुसन्धानको प्रक्रियामै छ,” अख्तियार स्रोेतले भन्यो । 

कोषले जलहरी हाल्दा र राष्ट्रपतिले जलहरी उद्धघाटन गर्दा १०८ किलोकै सुन भनिएको थियो । सुनको जलहरी राख्ने काम प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि कोषले जलहरी नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा निर्माणको काम थालेको थियो । त्यसकै आधारमा कोषले गोप्य रूपमै जलहरी उद्धघाटनको समय तोकेको थियो । 

‘‘जलहरीमा तामा मिसाएर सुन पचाउन खोजिएको भन्ने छ । जलहरी हाल्दा सहभागी भएका पदाधिकारीहरूको बयान लिने काम भइरहेको छ । जलहरीमा ११ किलो सुन गायब भएकोबारे अनुसन्धान प्रक्रिया अघि बढेको बेलामा केही बोल्न मिल्दैन,” अख्तियार स्रोतले भन्यो ।
 
ओली नेतृत्वको सरकारले ३० करोड र बाँकी ६० करोड कोषको लागतमा सुन खरिद प्रक्रिया अघि बढेको थियो । जलहरी हालिसकेपछि फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी थिइन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro