site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा शिक्षकको प्रदर्शन : सवारी ‘डाइभर्सन’, यात्रीलाई सास्ती
तीनकुनेमा सोमबार (वैशाख ८) बिहान सवारीसाधनलाई वैकल्पिक मार्गतर्फ पठाउँदै ट्राफिक प्रहरी । तस्बिर : कमल क्षेत्री/बाह्रखरी ।

काठमाडौं । शिक्षकको प्रदर्शनका कारण काठमाडौंमा सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । शिक्षक सडकमा उत्रँदा तीनकुनेबाट बानेश्वरतर्फ जाने सवारीसाधन ‘डाइभर्सन’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकले प्रदर्शन गर्दै आएका छन् । उक्त सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २० दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

शिक्षकले यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा प्रदर्शन गर्दै आएका थिए । आइतबार (वैशाख ७)देखि प्रदर्शनको समय बिहान ९ देखि मध्याह्न १२ बजेसम्म तोकिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

कार्यालय हिँडेका कर्मचारी, कलेजका विद्यार्थीलगायत यात्रीलाई शिक्षकको प्रदर्शनका कारण गन्तव्यमा पुग्न सास्ती भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro