site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन करोडका तिज गीत, लगानी ‘बालुवामा पानी’

काठमाडौं । कोरोना संक्रमणको महामारीबीच करिब तीन करोडका तिज गीत रेकर्ड भएका छन् । १२० भन्दा धेरै गीत रेकर्ड हुँदा करिब तीन करोड रुपैयाँ लगानी भएको हो ।

यो गत वर्षको भन्दा करिब ४० प्रतिशतले कम हो । गत वर्ष २०० को हाराहारीमा तिज गीत रेकर्ड भएका थिए । २०० वटा तिज गीत रेकर्ड हुँदा करिब पाँच करोड रुपैयाँ लगानी भएको थियो ।

एउटा भिडियो निर्माण गर्न औसतमा करिब दुई लाख ५० हजार रुपैयाँ लगानी लाग्छ । भिडियोसहितको एउटा गीत निर्माण गर्न दुई लाख ५० हजार रुपैयाँ लाग्दा १२० वटा गीत तयार हुँदा तीन करोड लगानी हुन्छ । दुई लाख ५० हजारभन्दा धेरै लगानी गरेर भिडियो निर्माण गर्नेको संख्या पनि ठूलो छ ।

अहिलेको अवस्थामा पनि यो संख्यामा गीत रेकर्ड हुनु अस्वाभाविक भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बताउँछन् । नहुनुपर्ने खर्च भइरहेको उनको भनाइ छ ।

“लगानी मात्रै हुने अवस्था छ । लगानीको रिटन्र्स छैन, त्यसैले नहुनुपर्ने समयमा लगानी भइरहेको छ,” उनी भन्छन्, “मेला, महोत्सव हुने वातावरण छैन । लगानी फिर्ता हुने ठाउँ छैन, त्यसैले अहिले भइरहेको यो लगानी पनि ठूलो रकम हो ।”

अझै कहिलेसम्म कोरोना संक्रमणको त्रास रहन्छ भन्ने निश्चित नरहेको अवस्थामा अहिलेको समय ‘पर्ख र हेर’को रहेकोमा उनको जोड छ । अस्वस्थ प्रतिस्पर्धा नै धेरै संख्यामा गीत रेकर्ड गर्नुको मुख्य कारण भएको रमेश बताउँछन् ।

“अर्कोले रेकर्ड गरिसक्यो म किन नगर्ने ? त्योभन्दा म के कम भन्ने धारणा छ । अर्कोले गीत ल्याइसक्यो म पछि परिसकेँ भन्ने गलत मनोवृत्तिबाट हामी निर्देशित भइरहेका छौँ,” अध्यक्ष रमेश भन्छन्, “यो खराब चिन्तनबाट हामी बाहिर आउनुपर्छ । अन्यथा, अवस्था यही ररिहरनेछ । अहिले तिजका गीतमा भएको लगानी बालुवामा पानीसरह भइरहेको छ ।”

लोकगायक तथा संकलक दुर्गा रायमाझी पनि यो वर्ष अघिल्ला वर्षहरूको तुलनामा केही कम गीत रेकर्ड भएको बताउँछन् । “पोखरा, बुटवल, नारायणघाटलगायत क्षेत्रका अधिकांश गायक÷गायिकाले तिज गीत रेकर्ड गराउने र त्यही गीत स्थानीयस्तरमा हुने मेला–महोत्सव तथा कार्यक्रमहरूमा गाउने चलन थियो,” उनी भन्छन्, “तर, यो वर्ष कार्यक्रमहरू नभएकाले गीत रेकर्ड गर्नेहरूको संख्या पनि केही कम भयो ।”

रेकर्डिङ स्टुडियो सञ्चालक भिषण मुकारुङ अघिल्ला वर्षको तुलनामा यो वर्ष केही कम तिज गीत रेकर्ड भएको बताउँछन् । कोरोनाका कारण तिज कार्यक्रमहरू नहुँदा त्यसको असर गीत रेकर्डिङमा पनि परेको उनको भनाइ छ ।

“कार्यक्रमहरू नहुने भएपछि यो वर्ष तिजका गीत पनि कम रेकर्ड भए । कारण यसको रिटन्र्स नै हो,” उनी भन्छन्, “यदि, अवस्था सहज भइदिएको भए र तिजका कार्यक्रमहरू भइदिएको भए विगतकै वर्षहरूको तुलनामा गीत रेकर्ड हुने थिए ।”

पछिल्ला केही वर्षयता लोक तथा दोहोरी गायनमा सक्रिय अधिकांश गायक तथा गायिकाले तिज गीत गाउने गरेका छन् । केहीले त एक्लैले दर्जनौँ गीत गाउने गरेका छन् ।

युट्युब नै दर्शकसामु पुग्ने माध्यम भएपछि अधिकांश गीतको भिडियो निर्माण हुने गरेको छ । भिडियो करिब–करिब अनिवार्यजस्तै हुँदा गीतमा लगानी पनि बढेको हो । क्यासेट तथा सीडीको युग अन्त्य भएपछि सिंगल ट्रयाक युट्युबमा रिलिज हुन थालेको छ ।

यति ठूलो लगानी भए पनि यसको रिटन्र्स भने न्यून छ । युट्युबबाट धेरै आम्दानी नहुने र स्टेज कार्यक्रम नहुँदा लगानी फिर्ता हुन कठिन रहेको प्रतिष्ठानका अध्यक्ष रमेशको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro