site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण बीजेपीको निसानामा परे जावेद अख्तर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुम्बई । गीतकार तथा पूर्व राज्य सांसद जावेद अख्तरले हालै एउटा टेलिभिजन च्यानललाई दिएको बयानले उनलाई विवादमा तानेको छ । शुक्रबार उनले भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा बोल्दै हिन्दुवादी संगठन राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) लाई तालिबानसँग तुलना गरेका थिए । त्यसपछि अख्तरको आलोचना हुन थालेको हो । 

जावेदले भनेका थिए, “जसरी तालिबानहरू इस्लामिक राज्य चाहन्छन्, यस्ता व्यक्तिहरू पनि छन् जो हिन्दु राष्ट्र चाहन्छन् । तालिबानहरू बर्बर छ र उसको कार्य निन्दनीय छ । तर, जसले आरएसएस, बजरंग दल र बीएचपीजस्ता संगठनलाई समर्थन गर्छ उनीहरू सबै उस्तै हुन् ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

बीजेपीका नेता राम कदमले ट्विटमार्फत अख्तरको बयानको विरोध गर्दै उनले हात जोडेर माफी माग्नुपर्ने बताएका थिए । अख्तरले माफी नमागेसम्म भारतमा उनका चलचित्र नदेखाइनेसमेत बताए । 

“जावेद अख्तरले जबसम्म संघ र विश्व हिन्दु परिषद्का करोडौँ कार्यकर्ताहरूसँग हात जोडेर माफी माग्दैनन् तबसम्म उनी र उनको परिवारको कुनै पनि चलचित्र यो महाभारतीय भूमिमा देखाइने छैन,” उनले भनेका छन् ।

Royal Enfield Island Ad

अझ उनले अख्तरविरुद्ध प्रहरीमा उजुरी दर्ता गराउनुपर्नेसमेत भनेका छन् । यता बीजेपी महाराष्ट्रमा कानुनी सल्लाहकार भनिएका आशुतोष दुबेले मुम्बई प्रहरीमा अख्तरविरुद्ध उजुरी समेत दिइसकेको बताइएको छ । 

तालिबान
तालिबान अफगानिस्तानमा कट्टर इस्लामिक समूह हो । जसले बलको प्रयोग गरेर अफगानिस्तानको सत्तामाथि कब्जा गरेको छ । तालिबानले यसअघि सन् १९९६ मा अफगानिस्तानको सत्तामाथि कब्जा जमाएको थियो । उनीहरूले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गरिसकेका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro