देश
काठमाडौं । नेपालमा पछिल्लो साता कोभिड–१९ को टेस्ट पोजेटिभिटी दर घटेको छ । देशभर पछिल्लो साता देशभरको औसत पोजेटिभिटी दर १५.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर, केही प्रदेशमा भने नयाँ संक्रमित थपिने दर उच्च रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । पछिल्लो साता परीक्षण गरिएकामध्ये कर्णाली प्रदेशमा सबैभन्दा धेरै ७७.८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेश १ मा पनि संक्रमण दर उच्च २०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८ १७:०२
प्रतिक्रिया दिनुहोस्