site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटक आगमनमा सुधार, वर्षदिनमा साढे ८ लाख भित्रिए
SkywellSkywell

काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या बढेको छ । आर्थिक वर्ष २०७३–७४ मा करिब साढे ८ लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार गत आवमा ८ लाख ४५ हजार १४७ पर्यटक  नेपाल भ्रमणका लागि भित्रिएका छन् । 

सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएका थिए । क्रमशः बढ्दै गएको पर्यटक आगमनको यो संख्या हेर्दा भूकम्प र नाकाबन्दीपछि सुस्ताएको नेपालको पयर्टन बजार पुनः लयमा फर्किने देखिएको छ । 

भूकम्प र नाकाबन्दीका बेला नेपालको पर्यटन बजार सुस्ताएको थियो । आर्थिक वर्षको अन्त्यतिर पर्यटन आगमनमा वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । 

KFC Island Ad
NIC Asia

विभागको तथ्यांक अनुसार नेपाल घुम्न आउने पर्यटकमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । १ लाख ४६ हजार ४५६ भारतीय पर्यटक गत आवमा नेपाल भित्रिएका छन् । 
चीनबाट १ लाख ७ हजार ३५९ जना पर्यटक आएका छन् भने अमेरिकाबाट ६२ हजार ३०४ र श्रीलंकाबाट ५८ हजार ७८७ पर्यटक नेपाल आएका छन् । 

बेलायतबाट ५१ हजार ३४२ जना नेपाल आएका छन् भने थाइल्यान्डबाट ३१ हजार १७८ पर्यटक नेपाल घुम्न आएका छन् । 
सन् २०१५ मा ५ लाख ३६ हजार पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१४ मा पर्यटक आगमनको संख्या करिब ८ लाख थियो । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको छ । 

Royal Enfield Island Ad

यो संख्यामा पर्यटन भित्र्याउन नेपाल पर्यटन बोर्डले प्रचार प्रसारमा जोड दिनुपर्ने पर्यटक व्यवसायीहरुले सुझाव दिँदै आएका छन् । होटल संघ (हान)का प्रवक्ता विनायक शाह भिजन २०२० योजना पूरा गर्नका लागि सरकारी निकायको महत्पवूर्ण भूमिका हुने बताउँछन् । उनी भन्छन्, “हामी सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटकलाई राख्न सक्ने होटल पूर्वाधार बनाउँदै छौं । यो लक्ष्यलाई भेट्टाउन पर्यन बोर्डसँगै पर्यटनसँग जोडिने सरकारका अन्य निकायले पनि यसमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।” 

सरकारले गम्भीर भएर सोच्ने र त्यही अनुसारका कार्यक्रम र पूर्वाधारमा जोड दिने हो भने पर्यटक नेपाल आउने दरलाई सहजै बढाउन सकिने शाहको भनाइ छ । 

यता पर्यटन बोर्डका प्रवक्ता सुधन सुवेदी पर्यटन प्रवद्र्धनका लागि बोर्डले सन् २०१७ लाई युरोपका विभिन्न देशमा नेपाल पर्यटनका लागि उपयुक्त गन्तव्य भएको सूचना प्रवाह गर्न सुरु गरिसकेको बताउँछन् । “पर्यटनका लागि हामी सुरक्षित छौं र उपयुक्त गन्तव्य हो भनेर भिडियो सामग्री पनि तयार पारेर युट्युब तथा  सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारमा लागिरहेका छौं ।”

भूकम्प र नाकाबन्दीले पर्यटन आगमनमा असर गर्दा त्यसको प्रत्यक्ष असर यहाँका होटल व्यवसाय तथा पर्यटनसँग सम्बन्धित अन्य व्यववासायमा परेको थियो । 
ठूलो संख्यामा लगानी भएको होटल व्यवसाय र त्यसमा आश्रित व्यक्ति र उनका परिवार त्यसको मारमा परेका थिए । यद्यपि, होटल व्यवसायमा अहिले ठूलो मात्रामा लगानी हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro