भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केहि पक्ष नेपालको राजनीतिलाई अस्थितरता तर्फ धकेल्ने प्रयासमा लागेको अवस्थामा सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको र नेपाली राजनीति र संबिधानको सवालमा गलत नजिर बसालेको बताए ।
उननले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको आरोप लगाए । वर्तमान सरकारले सामेल दलहरुले संबिधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरा दिने प्रक्रियकासाथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।
नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरि आफ्नो छोरीलाई मेयर बनाएको र २०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापेको बताउँदै आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लगेको बस्नेतले आरोप लगाए । उउले भने वर्तमान माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको भन्दै सुरुवातमै मन्त्रि पालै पालो खाने खेलबाट प्रष्ट रहेको उनको भनाई छ ।