site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी लाइसेन्सको परीक्षा हुँदै, ‘स्मार्टकार्ड’ र नयाँ आवेदनको टुङ्गो छैन
SkywellSkywell

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरूको परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्दैछ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले गत वैशाख १६ गतेदेखि देशव्यापी निषेधाज्ञा जारी गरेको थियो । त्यही क्रममा लाइसेन्स परीक्षा पनि रोकिएको थियो । अब विभागले वैशाख १६ अघि आवेदन दिएका आवेदकको परीक्षा सञ्चाल गर्न लागेको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सुरुमा पुराना आवेदकले मात्र परीक्षा सञ्चालन गरिने बताए । 

‘‘विभागले करिब डेढ महिना अघिदेखि नै सबै किसिमका परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो तर सरकारले अनुमति नदिँदा  अन्योलमा थियौँ,” प्रवक्ता भुसालले भने, “अब सुरुमा पुराना आवेदकको परीक्षा लिनेछौँ । तत्काल नयाँ खुलाइने छैन ।”

KFC Island Ad
NIC Asia

विभागले सबै यातायात व्यवस्था कार्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र लाइसेन्सका परीक्षा सञ्चालन गर्न भनी गत बिहीबार नै पत्राचार गरिसकेकाे छ । 

परीक्षाको पर्खाइमा छन् ६ लाख आवेदक 
विभागकाअनुसार लाइसेन्स परीक्षा दिने पुराना आवेदकमध्ये ६ लाख आवेदक परीक्षाको पर्खाइमा छन् । त्यसैले तत्काल नयाँ आवेदन खुलाउँदा विभागले धान्न नसक्ने भएकाले पुराना आवेदकको परीक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भुसालले बताए । 

Royal Enfield Island Ad

“यसै त ६ लाख आवेदकले परीक्षा दिन पाएका छैनन् । फेरि नयाँ आवेदन खुलाउँदा विभागले धान्न सक्दैन । त्यसैले ६ लाख पुराना आवेदकमध्ये आधाजतिले परीक्षा दिइसकेपछि नयाँ आवेदन खुलाउन सकिनेछ,” प्रवक्ता भुसालले भने ।

‘स्मार्टकार्ड’ आउन अझै डेढ महिना लाग्ने 
कोरोना महामारीका कारण ‘स्मार्टकार्ड’ भनेको समयमा नआउँदा करिब सात लाख जनालाई स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएको प्रवक्ता भुसालको भनाइ छ । 

‘‘विभिन्न समस्याका कारण विभागलाई चाहिएजति स्मार्टकार्ड खरिद गर्न सकिरहेका छैनौँ । १४ लाख स्मार्ट कार्डका लागि विभागले खरिद प्रक्रिया थालेको थियो । उक्त स्मार्ट कार्ड आउन डेढ महिनाजति लाग्छ,” उनले भने, ‘‘अबको करिब ८ महिनाजतिमा मात्रै सबै सेवाग्राहीलाई ‘स्मार्टकार्ड’ उपलब्ध गराउनसक्ने सम्भावना छ ।  ड्राइभिङ पेशा गर्न विदेश जाने नागरिक र अन्य नागरिक लगायत अत्यावश्यक परेका नागरिकलाई लाइसेन्स दिइरहेका छौँ । विभागसँग न्यून मात्रामा स्मार्टकार्ड छ ।”

यस्तो छ परीक्षा मापदण्ड 
सवारी लाइसेन्सको परीक्षामा एक सिफ्टमा बढीमा १०० जना परीक्षार्थीले परीक्षा दिन पाउनेछन् । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी एउटा कक्षाकोठामा २५ जना परीक्षार्थी राख्न पाइनेछ । काठमाडौं उपत्यकाका १८ ओटा यातायात व्यवस्था विभाग कार्यालयबाटमा २० गतेदेखि परीक्षा सञ्चालन हुने छ । 

उपत्यकाबाहिरका जिल्लाको हकमा उपत्यकामा सञ्चालन भएको १५ दिनपछि मात्रै सवारी लाइसेन्सका परीक्षा सञ्चालन गरिनेछ । परीक्षार्थीले १५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । यस्तै, परीक्षा केन्द्रमा भिड गर्न रोक लगाइएको छ ।

विभागकाअनुसार लिखित परीक्षा दिएर ट्रायल परीक्षा दिनेहरूका लागि पुरानै नियम लागु गरिनेछ । आवेदनमात्रै दिएर लिखित परीक्षाको पर्खाइमा बसेकालाई नयाँ नियम अनुसार परीक्षा लिइनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro