site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा तालिबानले जितेको होइन, अमेरिकाले नेतृत्व सुम्पिएको हो : आईएस
SkywellSkywell

काठमाडौं । आफूलाई इस्लामिक स्टेट (आईएस) बताउने कट्टरपन्थी संगठनले अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया जनाएको छ ।

आईएसले अफगानिस्तानमा तालिबानले कुनै जित हासिल नगरेको भन्दै अमेरिकाले उक्त देशको नेतृत्व तालिबानलाई सुम्पिएको जिकिर गरेको हो ।

Dabur Nepal
NIC Asia

इस्लामिक स्टेटले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगस्ट १९ को सम्पादकीयमा अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई ‘सौदाबाजी’को जित भनी टिप्पणी गरेको छ । यो ‘जिहाद’को जित नभएको आईएसको भनाइ छ ।

आईएसले ‘नयाँ तालिबान’लाई ‘इस्लामको नकाब पहिरिएको बहुरूपी’को संज्ञा दिँदै आफूहरूको उपस्थिति अन्त्य गर्नको लागि अमेरिकाले उनीहरूलाई प्रयोग गरिरहेको जिकिर गरेको छ ।

इस्लामिक स्टेटका समर्थकले तालिबानले अमेरिकाको गलत कामलाई अन्जाम दिइरहेको अरोप लगाउँदै आएका छन् ।

अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थिति कमजोर बनाउन तालिबानको अहम् भूमिका रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu