site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘पुरानो सोच र चेतले कसरी आउँछ परिवर्तन ?’ 

काठमाडौं । कोरोना संक्रमणको लामो समयको त्रासपछि बजार खुल्दा नेपाली चलचित्रको बजारलाई लिएर विभिन्न खालका पूर्वानुमानहरु भइरहेका छन् । केही अब चलचित्रको बजार फिल्टर हुने बताइरहेका छन् भने केही पहिलाको भन्दा फरक नहुने दाबी गर्छन् । 

कोरोनाका कारण पाँच दर्जन चलचित्र रिलिज हुन नपाएर थन्किरहेका बेला अहिले पनि बजार सहज हुने हो भने निर्माणमा ठूलो संख्यामा चलचित्र फ्लोरमा जाने केहीको भनाइ छ । तर, केही मेकर भने अब सीमित निर्देशक मात्रै रहने बताउँछन् ।

Dabur Nepal

निर्देशक दीपेन्द्र के खनाल अहिले पनि आफूलाई निर्देशनका लागि प्रस्ताव आइरहेको बताउँछन् । “पछिल्लो केही समयको अन्तरालमा मलाइ तीनवटा चलचित्रका लागि प्रस्ताव आयो । भलै स्क्रिप्टका कारण म काम गर्छु कि गर्दिन त्यो अफ्नो ठाउँमा छ,” निर्देशक खनाल भन्छन्, “तर कहिले बजार खुल्छ भनेर मेकरहरु कुरेर बसिरहेको अवस्था छ । अवस्था सहज भएपछि छायांकनका लागि प्राविधिक खोज्नुपर्यो भने पाइँदैन । सहज भएपछिको लामो समयसम्मका लागि प्राविधिकहरु बुक भइसकेका छन् ।” यसले पनि बजारमा उल्लेख्य परिवर्तन नहुने संकेत देखाएको उनी बताउँछन् । 
 
चलचित्र क्षेत्रमा काम गरिरहेका निर्देशक तथा निर्माताहरु बजार खुल्न बित्तिकै फर्किने उनको विश्वास छ । केही समयका लागि बजार अवरुद्ध मात्रै भएको भन्दै उनी सहज अवस्था हुन बित्तिकै सबै पुरानै काममा फर्किने उनको भनाइ छ । 

सिनेमा हलहरु बन्दमात्रै नभएको भन्दै नयाँ हल निर्माण पनि भइरहेको उनी बताउँछन् । “सिनेमा हल बन्द भयो भनेर निराश हुनुपर्ने अवस्था छैन । निर्माण पनि भइरहेका छन् । काठमाडौंसहित ठूला सहरमा हल निर्माण हुने क्रम पनि जारी छ । केही हल त तयार पनि भइसकेका छन्,” निर्देशक दीपेन्द्र भन्छन्, “केही निर्माणको चरणमै छन् । ठूला सहरमा महल बनिरहेका छन् । त्यस्ता महलको टपमा सिनेमा हल नै बन्ने हो । त्यसैले हल बन्द भए भनेर आत्तिनु पर्दैन अब सिंगल थिएटर बन्द भएर अब मल्टिप्लेक्स नै बन्ने हो ।”

यता, निर्देशक मनोज पण्डित भने कोरोना संक्रमणको त्रास अन्त्य भएर सिनेमाको बजार खुल्दा मेकरहरु फिल्टर हुने बताउँछन् । दर्शक र समीक्षकले पत्याएका मेकरहरु मात्रै रहने उनको भनाइ छ ।

“बजारले विश्वास गरेका निर्देशक मात्रै अबको नेपाली चलचित्र क्षेत्रमा रहन्छन् । बक्स अफिस कलेक्सन गर्ने चलचित्र    बनाएका, समीक्षात्मक रूपमा राम्रा चलचित्र बनाएका सीमित निर्देशकहरु मात्रै रहन्छन्,” मनोज भन्छन्, “राम्रो चलचित्र नभएसम्म अब दर्शक जोखिम मोलेर हलसम्म जाँदैनन्, त्यसैले अब निर्माताले करोडौं रकम जो पायो त्यही निर्देशकलाई विश्वास गरेर लगानी गर्दैनन् ।”
 
त्यसैले अब निर्देशकलाई पनि काम पाउन चुनौती रहेको उनको भनाइ छ । चलचित्रका लागि निर्देशकले कठोर मिहिनेत गर्नुपर्ने र अन्यथा पलायन हुनुको विकल्प नरहेको मनोजको ठम्याइ छ । दर्शकको मन जित्ने चलचित्र बनाउने निर्देशकलाई मात्रै निर्माताले विश्वास गरेर लगानी गर्ने वातावरण बन्दै गएको उनको बुझाइ छ । 
 
यता, निर्देशक दिनेश राउत भने कोरोनाका कारण बजार ‘पज’ मात्रै भएको भन्दै कोरोना संक्रमणको त्रासपछिको बजारमा तात्त्विक परिवर्तन नआउने बताउँछन् । “अहिलेसम्म साथीहरुको तयारी हेर्दा त्यति ठूलो परिवर्तन आउला भन्ने लाग्दैन । जसरी पहिला काम हुन्थ्यो त्यसरी नै काम गर्ने योजानाहरु साथीहरुले बनाइरहनु भएको छ,” दिनेश भन्छन्, “डिजिटल प्लेटफर्ममा रहेका चलचित्रहरु हेरेर सिनेमा लिट्रेसी दर्शकमा बढेको छ । त्यसैले अब हामीले पनि मेकिङमा केही परिवर्तन गर्नुपर्छ भन्ने सोच निर्देशकहरुमा मैले देखेको छैन ।” 

जे–जस्तो चलिरहेको छ, त्यसमै चित्त बुझाउने र नयाँ प्रयोग गर्न रुचाउने मेकरको अभाव नेपाली चलचित्र बजारमा रहेको उनी बताउँछन् । त्यसैले कोरोना संक्रमणको त्रासपछि पनि नेपाली चलचित्रको विषय, मेकिङ र व्यक्तिमा ठूलो परिवर्तन आउने दिनेश बताउँछन् ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro