site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मनाइयो नाग पञ्चमी पर्व 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइएको छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ । 

मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ । 

आज बिहानैदेखि काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, सिद्धपोखरीलगायत नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Royal Enfield Island Ad

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro