मार्क ट्वेनले भनेका थिए रे – ‘इतिहास दोहोरिँदैन बरु लय भने मिलाउँछ’ । र, त्यो लय पनि ऐतिहासिक तथ्य शोइन बश्र हामीले नै त्यसका वरपर बनाएका कथ्य हुन् । संसारका विषयमा व्यक्त हाम्रा धारणाले केही आधारभूत कथ्य बोकेका हुन्छन् जुन सत्य नहुन पनि सक्छन् । तर, हामी भने कथ्य सही हुन् भन्ने सोच्न चाहन्छौँ । किनभने त्यसले गर्दा संसारको चित्र सुस्पष्ट देखाउन सहज हुन्छ र नैतिकरुपमा विश्वसनीय पनि ।
यहाँ चर्चा गर्न लागिएको अर्थशास्त्रीको सामान्य ज्ञानको विषयमा हो । व्यक्तिगत सिद्धान्तभन्दा पर यो पेशामा पनि आर्थिक लयको लामो सूची हुन्छ । हामी त्यो लयको लमाइ बुझ्छौँ र त्यो कहिले र कसरी अन्त्य हुन्छ भन्ने अनुमान लगाउँछौँ । किनभने त्यसअघिको पंक्ति पनि थाहा हुन्छ र पछिल्लो अघिल्लोको लयमा मिल्नुपर्छ भन्नेपनि थाहा हुन्छ ।
एडम स्मिथको अदृश्य हातको सिद्धान्तमा गौर गरौँ । यसअनुसार हाम्रो भान्सामा मासु र पेय पदार्थ सम्बन्धितले सामाजिक सेवा गरेको कारण नभई बगरे र पेय पदार्थ बनाउनेको स्वार्थका कारण आइपुग्छ । बजारले कसैको स्वार्थवश गरिएको कामलाई जनहितकारी र उपयुक्त बनाइदिन्छ । त्यसैले लोभ सधैँ खराब पनि हुँदैन ।
यसविपरीत, राम्रो नियतले गरेको कामले पनि कहिलेकाहीँ गलत परिणामतर्फे लैजानसक्छ । यसैले धेरै अर्थविद भन्ने गर्छन् – सर्वसाधारणका लागि कठोर मायाको जरुरी हुन्छ जुन छोटो समयका लागि कठिन भए पनि दीर्घकालमा प्रिय हुनजान्छ । खासगरी, प्रतिस्पर्धाको कुरामा जहिले पनि ठूलो र शक्तिशालीले सानालाई पराजित गर्छ । किनभने ऊसँग स्रोत र साधनको प्रयोग गर्ने धेरै उपाय हुन्छ । यस्तो धारणाले वशीभूत हुँदा गार्मेन्ट उद्योगले सस्तो चीनको कपडासँग प्रतिस्पर्धा गर्दा वा खाद्यान्न आयात गर्दा किसानले वा ट्याक्सी चालकले उबर कंपनीको विरोध गर्दा सर्वसाधारण जनता सही हो भन्ने ठान्छाैँ । किन्तु, प्रतिस्पर्धा हुन दिएन भने अन्ततः जनता नै गरिब हुन्छन् ।
उदाहरणार्थ, सबै जनताका लागि बसोबास र खेतीको लागि कम्तीमा एक टुक्रा जग्गा हुनैपर्ने सोचमा गइयो भने त्यो अन्ततः प्रभावकारी हुँदैन । सबै किसानमा उत्पादन बढाउन सक्ने वा काम गर्ने क्षमता उस्तै हुँदैन । यसर्थ सक्षमले धेरै जग्गामा खेती गर्ने र किसानी गर्न नसक्नेले कुनै जागिर खायो भने समाज समृद्ध हुन्छ । त्यसैले, अर्थशास्त्रीहरू विकाशसील देशमा धेरै ससाना पसलहरू हुनु भनेको पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुनु हो भन्छन् । सशक्त प्रतिस्पर्धा हुन्थ्यो भने सबै ससाना व्यवसाय बन्द हुँदैजान्थे र ती व्यवसाय चलाउनेहरू ठूलो र राम्रो कंपनीमा गएर जागिर खाइरहेका हुन्थे ।
एडम स्मिथको अदृश्य हातले किन माथि भनिएजस्तो बनाउन सकेको छैन त भन्दा केही व्यक्तिहरूमा गलत सोच रहेको छ । त्यस्ता व्यक्तिहरू सधँै नै प्रतिस्पर्धाभन्दा संरक्षण, उत्पादनभन्दा भाडा तथा काम गर्न समान वातावरणभन्दा विशेष सुविधा चाहन्छन् । त्यसैले स्वार्थ समूहको भन्दा व्यापक जनहितका विषयलाई अघि बढाउन अर्थशास्त्रीहरूको सहयोग लिने गरिन्छ । अर्थशास्त्रीहरु सोच्छन् – बाँकी जे भए पनि केही मात्रामा नैतिक निश्चितता चाहिन्छ जसले कठोर प्रेमीको नैतिक मेरुदण्ड सशक्त पारोस् ।
छोटोमा भन्दा यो नोबेल पुरस्कार विजेता एडवर्ड प्रेस्कट तथा स्टेफन प्यारेन्टे, तिनका धेरै विद्यार्थी र अरु केहीले भनेका कथा हो । यसको कथा कसरी बुनिएको छ भने धेरै अर्थविद् यसैको लयमा कुरा गर्छन् । यद्यपि, जिन्दगी यहाँ भनिएको भन्दा निकै पेचिलो हुन्छ ।
उल्लेखित भनाइको केन्द्रमा के सोच हुन्छ भने मानिस असमान हुन्छन् । केही अरुभन्दा बढी सक्षम हुन्छन् । तर यो विषमताको विषय बाह्य रुपमा हेरिन्छ वा भनौ बाहिरबाट मूल्यांकन गरिन्छ । अदृश्य हातको भूमिका त्यही भएर धेरै स्रोत (जमिन, पुँजी, श्रम) क्षमतावानको नियन्त्रणमा हुनुपर्छ भन्ने हो । त्यसो गर्दा स्रोतको अधिकतम सदुपयोग हुने, त्यसको प्रतिफल राम्रो हुने र विश्व समृद्ध हुने हुन्छ ।
कति सजिलो छ – कथा अलिकति घुमाइदियो भने त्यसले असंगति घुसाइदिन्छ र नैतिकताको कथा र लय नै बिगारिदिन्छ । पहिलो, मानिस सबै असमान हुन्छन् भन्ने तथ्य बाहिरबाट स्थापित गरिएको होइन भने के हुन्छ ? केही व्यक्ति आजको दिनमा साँच्चि नै अरुभन्दा सक्षम हुन पनि सक्छन् । किनभने तिनको राम्रो शिक्षामा पहुँच भएको हुनसक्छ, धेरै अनुभवी हुनसक्छन् र विकसित संरचनात्मक सुविधा पाएका हुनसक्छन् ।
त्यसैले पछि परेकालाई त्यही शिक्षा, अनुभव दिएको खण्डमा तिनीहरू पनि सक्षम बन्न सक्छन् र उत्पादकत्व बढाएर देशलाई समृद्ध बनाउन सक्छन् । तर, यसको लागि पछि परेका क्षेत्रमा लगानी बढाउनु र संभव भएसम्म नयाँ प्रविधिको उपलब्धता र अपनत्व बढाउन पनि मद्दत गर्नुपर्छ । यसको लागि कोमल हृदयको माया जरुरत हुन्छ, कठोर प्रेम हैन ।
दोस्रो, पुँजी र श्रम चलायमान हुनसक्ने अवस्था छैन भने के हुन्छ ? पुँजी जमिन र कारखानामा फँसेर अन्त लगानी गर्न नसक्ने अवस्था हुनसक्छ । अथवा, जुन क्षेत्रको विकासको कुरा गरिएको छ त्यहाँका व्यक्तिले बोल्ने, तिनको हृदयको नजिकको भाषा फरक हुनसक्छ र उनीहरू सामाजिक जालोमा बाँधिएर बसेका हुनसक्छन् । बाहिर निस्कने मनःस्थिति नै नहुनसक्छ ।
त्यस्ता समूहलाई सक्षम भएन भनेर क्षमता बढाउन स्रोत उपलब्ध गराउन छाडेर बजारबाट विस्थापित गर्ने कार्य गर्दा अवस्था झनै बिग्रन सक्छ । किसानले लगानी गरिसकेको पुँजी डुब्नसक्छ, तिनीहरू बेरोजगार हुन्छन् र तिनले पुँजी र श्रम दुवै गुमाउने अवस्था हुनसक्छ । एउटा राम्रो नीतिले यस्ता व्यक्तिको प्रविधि र बजारसम्मको पहुँच बढाउन मद्दत गर्छ । तर यसका लागि पनि सुकोमल व्यवहार चाहिन्छ, कडापन होइन ।
पूर्वी एसियाको सफलतम कृषि सुधारले स्रोत र साधन सक्षम व्यक्तिको हातमा नदिई किसानको जग्गा, कृषि ऋण, बजार र कृषि सामग्रीमा पहुँच बढाएको थियो । त्यस्तै कोलम्बियाको ‘फेब्रिकास डे प्रडक्टिभिड्याड’ जस्तो डिजिटाइजेसन कार्यले के देखायो भने अरु क्षेत्रमा भएका व्यवसायलाई प्रविधिहरू अपनाउन र प्रयोग गर्न सहयोग गर्यो भने समृद्धिको सम्भावना पनि बढाउँछ ।
कठोर, कडा प्रेमको अझै पनि यो संसारमा स्थान छ । तर, अर्थविद्ले यसको सर्वप्रिय लय अलि धेरै नै प्रयोग गरेका छन् र यसका लागि अनुशासनको खडेरीले गर्दा परिणाम फरक आएको तर्क दिइदैँ छ । वास्तवमा संवेदनाको कमी र न्यून सहकार्य यसको कारण हुनसक्छ । त्यसैले अर्थशास्त्रीहरू सतर्क भएनन् भने कठोर प्रेमप्रतिको तिनको चाहनाले अनुपयोगी काम हुने र रोक्न सकिने आँसु बगिरहने हुन्छ ।
भेनेजुयलाका पूर्वयोजनामन्त्री तथा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक
Copyright: Project Syndicate, 2021.