फोटो फिचर
काठमाडौं । ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको छ । सोमबारबाट सरकारले पहिलो मात्रा भ्याक्सिन लगाएर बसेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्राको खोप लगाउन सुरु गरेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएकाे खोप ज्येष्ठ नागरिकहरूलाई लगाउन लागेको हो ।
सरकारले काठमाडौंमा १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८ १३:५३
प्रतिक्रिया दिनुहोस्