site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

दाङ । दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्स्ट हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो ।  

नेपाल मार्सल आर्टस हाप्किडो संघ दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय प्रतियोगिता आगामी पुस १३ गतेदेखि १६ गतेसम्म चार दिन गर्न थालेको जानकारी दिएको हो । कोरोनाका कारण सुस्त बनेको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै खेलाडीको स्तरवृद्धि र खेल क्षेको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरले बताए ।

उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरूको सहभागिता हुनेछ । 
“खेललाई विकासका लागि  सातै प्रदेशका खेलाडीलाई समेट्ने गरी दाङमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्दैछौँ, यसले खेलाडीमा खेलप्रति आकर्षण बढाउने हामीले  अपेक्षा गरेका छौँ,” उनले भने ।

उनले प्रतियोगितामा सेमिनार समेत हुने भएकाले खेलाडी, प्रशिक्षक, अतिथिलगायत करिब सात सय जनाको सहभागिता हुने बताए । 

पुसमा हुने प्रतियोगितामा खेलाडीहरूले सेल्फ डिफेन्स, डेमोन्स्टे«सन, हाइफल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दस तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्सल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताए । 

उनका अनुसार प्रतियोगितामा प्रत्यक तौल समूहमा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरूलाई नगद पुस्कार प्रदान गरिनेछ । 

प्रतियोगितामा विनाशुल्क खेलाडीहरू सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ग्लोबल हाप्किडो फेडेरेसनका अध्यक्ष तथा ग्राण्ड मास्टर हि क्वान लीलगायतका व्यक्तिहरूको उपस्थिति हुने नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई सफल बनाउनका लागि अहिलेदेखि नै तयारी थालिएको छ ।

नेपाल मार्सल आर्टस हाप्किडो संघले सन २०२२ को अगस्ट महिनामा हाप्किडो सम्वन्धी काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार गर्न थालेको छ । उक्त सम्मेलनमा विभिन्न ५० देशका प्रतिनिधिहरूको सहभागिता गराउने लक्ष्य राखिएको संघले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro