site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण अनिश्चित
Tiktok banner adTiktok banner ad

काठमाडौं । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण अनिश्चित बनेको छ ।

कार्लोस नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरका निम्ति दशरथ रंगशालामा प्रमुख अतिथि रहने तालिका थियो । तर, पहिलो क्वालिफायरको एक दिनअघि आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शारीरिक अस्वस्थताका कारण कार्लोस निर्धारित समयमा नेपाल आउन नसक्ने जनाएको हो । यस्तै, आयोजकले कार्लोस प्रतियोगिताको फाइनलअघि नेपाल आउने दाबी गरेको छ । तर, मिति भने खुलाइएको छैन ।

व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् । उनले रियाल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यस्तै, उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro