site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘केपी ओली कप’ क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौं भिड्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सीईसी काठमाडौं भिड्ने भएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकामा काठमाडौंले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकामा गण्डकी भाग्यमानी बन्दै उपाधिनजिक पुग्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले पाँच ओभरमा ५७ रन बनाएको थियो । खेलमा जितका लागि ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले आठ बलमा दुई चौका प्रहार गरे । आशिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे ।  काठमाडौंका लागि मनोज यादवले दुई विकेट लिँदा युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए ।

काठमाडौंका ओपनर रित गौतमले सर्वाधिक २८ रन बनाए । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत आठ रनमा नटआउट रहे । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ ओभरको तेस्रो बलमा चार विकेट गुमाउँदै ४७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि निर्णय टसबाट गरिएको हो ।  

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल भोलि सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ ले नगद ३० हजार रुपैयाँ, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद १० हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro