site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईजी बढुवा– अनुसन्धान विभागबाट आएका सबै छुटे

काठमाडौं । एक महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस भएको छ । 

गृह मन्त्रालयका सचिव नेतृत्व रहेको बढुवा समितिले बिहीबार ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

एआईजी बढुवाका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी चन्द्र कुवेर खापुङ, मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य, वाग्मती प्रदेश प्रहरी प्रमुख कृष्णहरि शर्मा छन् । उनीहरू हालका आईजीपी दिपक थापाकै ब्याची हुन् ।

तर, नियुक्ति भने फरक–फरक मितिमा लिएका थिए । त्यस्तै २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की, कोसी प्रदेश प्रमुख डीआईजी राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत डीआईजी मनोज केसी एआईजीका लागि बढुवा सिफारिस भएका हुन् ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका डीआईजीहरु भने छुटेका छन् ।  बढुवाको प्रतिस्पर्धामा प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआईजी सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, डम्बर बिक, सुशीलसिंह राठौर पनि थिए ।

तर, यो टोली नै छुटेको छ । प्रहरीमा लामो समयदेखि प्रहरीमै भर्ना भएका ब्याची र गुप्तचर विभागबाट आएका टोलीबीच आन्तरिक द्वन्द्व छ । 

एसएसपी बढुवा हुँदासम्म डीआईजी शिद्धिविक्रम शाह हाल सिफारिस भएका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीभन्दा अगाडि थिए ।

तर, डीआईजी बढुवामा भने शाहलाई पछि पार्दै उनीहरु अगाडि बढुवा भएका थिए । 

एआईजी बढुवामा समेत त्यसैको निरन्तरता भएको हो । हाल बढुवा भएका ६ जनामध्येबाट दुईजना प्रहरी महानिरीक्षक आर्ईजीपी बन्नेछन् । हालका आईजीपी थापा भदौमा अवकाशमा जाँदैछन् ।

उनी अवकाशमा गएपछि छोटो समयका लागि चन्द्रकुवेर खापुङ आईजीपी हुनेछन् । लालमणी आचार्य र शर्मा खापुङ भन्दा अघिनै अवकाशमा जाँदैछन् ।

उनीपछि भने दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीमध्येबाट एकजना आईजीपी बन्नेछन् । 

उनीहरु भने लामो समय आईजीपी बन्नेछन् । उनीहरु तीन जनामध्ये जो आईजीपी बने पनि २०५३ को टोलीबाट भने आईजीपी बन्ने सम्भावना रोकिने छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro