site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोत्तम सिमेन्ट सेयर खरिदबारे मन्त्रालयले नेप्सेसँग माग्यो ओटीसी कारोबारको विवरण 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारको विवरण माग गरेको छ । 

साउन २१ गते नेप्सेलाई पत्राचार गर्दै मन्त्रालयले ३ दिनभित्र सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारको विवरण पेश गर्न भनेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सर्वोत्तम सिमेन्टको नेप्सेमा भएको ओटीसी कारोबारका सम्बन्धमा उक्त कम्पनीले कहीले ओटीसी कारोबारको लागि निवेदन पेश गरेको हो, र नेप्सेबाट कहिले ओटीसी कारोबारको लागि स्वीकृत दिएको हो तथा सेयर खरिद बिक्रिको स्पस्ट विवरण खुलाई पत्र प्राप्त भएको ३ दिन यस महाशाखामा उपलब्ध गारइदिन आदेशाअनुसार अनुरोध छ,” अर्थ मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान महाखाले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ । 

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर धितचोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाकी छोरीको नाम रहेको प्रमाणसहितका समाचार सार्वजनिक भएका थिए । 

Royal Enfield Island Ad

सोही कम्पनीको सेयर नेप्सेका सीईओ चन्द्रसिंह साउदकी श्रीमती सुशिला कुमारी बोहोरा र धितोपत्र बोर्डकै सञ्चालक चन्द्रप्रसाद ढकालका भाई हेमाराज ढकालले पनि किनेका थिए । 

सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको संगठित संस्थाको सेयर नियामक निकायका पदाधिकारीका परिवारले नै खरिद गरेपछि अहिले उनीहरुमाथि नैतिकताको प्रश्न उठेको छ । 

सोही प्रकरणमा धितोपत्र बोर्ड र नेप्सेलाई स्पस्टीकरण सोधेको मन्त्रालयले थप अध्ययन गर्न भन्दै ओटीसी कारोबारको विवरण माग गरेको छ । बोर्ड र नेप्सेबाट स्पस्टीकरण प्राप्त भएपछि थप अध्ययन भइरहेको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro