site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङको पहाडी क्षेत्रमा जडीबुटी खेतीको विस्तार गरिँदै

दाङ । दाङमा अन्न उत्पादन नहुने पहाडी क्षेत्रमा जडीबुटी खेती विस्तार गरिएको छ । डिभिजन वन कार्यालय घोराहीले तुलसीपुर उपमहानगरपालिका चारओटा वडा, घोराहीका दुईओटा वडा र बंगलाचुली गाउँपालिकामा जडीबुटी खेती विस्तार गरिएको हो । डिभिजन वन कार्यालयले सहकारीमार्फत् यस वर्षमात्रै ७१ हजार बढी जडीबुटीका बिरुवा किसानलाई वितरण गरेर जडीबुटी खेतीलाई थप विस्तार गरेको छ ।

घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानलाई दालचिनी, टिमुर र मालागिरीका ७१ हजार ३० ओटा बिरुवा यस वर्षमात्रै रोपिएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । 

“पहाडमा अनुत्पादक क्षेत्रलाई जडीबुटी खेती विस्तार गरी दाङलाई जडीबुटी पकेट क्षेत्रका रूपमा विकास गर्न थालेका छौँ,” उनले भने, “यस वर्षदेखि हामीले सहकारीमार्फत् किसानलाई जडीबुटीका बिरुवा वितरण गरेर खेती विस्तार गरेका छौँ ।”

दाङको पहाडी क्षेत्रलाई २०७५ सालमा जडीबुटी पकेट क्षेत्र घोषणा गरी जडीबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । जडीबुटी खेती विस्तार गरेर किसानको आयस्तर उठाउने, खाली जग्गालाई हराभरा बनाएर प्राकृतिक सन्तुलन ल्याउने योजनाका साथ काम गरिरहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख विजयराज सुवेदीले बताए ।

“पहाडमा अन्य खेतीपाती उत्पादन नहुने भएकाले अधिकांश ठाउँमा जग्गा बाँझै छ, खेती भएका ठाउँमा पनि जनावरले अन्नपात खाइदिने समस्या छ, त्यसकारण ती ठाउँमा जडीबुटी खेती सुरुवात गरेका छौँ,” उनले भने, “जडीबुटी खेती विस्तार भएपछि जनावरको समस्या पनि हुँदैन, खाली जग्गालाई पनि सदुपयोग गरी किसानको आयस्तर वृद्धि गर्न सकिन्छ ।”

जडीबुटी खेतीको विस्तारबाट किसानले कम्तीमा पनि एक सय बिरुवाबाट वार्षिक तीन लाख बढी आम्दानी गर्नसक्ने उनले बताए । “अधिकांश पहाडी भेगका मानिसले जग्गालाई सदुपयोग गरेको देखिँदैन । विभिन्न कारणले सदुपयोग नभएको जमिनमा जडीबुटी खेती हुन्छ र त्यसबाट किसान लाभान्वित हुनेछन । यसरी जिल्लालाई जडीबुटी खेतीको हबका रूपमा परिचित गराउन सक्छौँ,” उनले भने ।

डिभिजन वन कार्यालय घोराहीले तुलसीपुरका १, ३, ४ र १९ नम्बर वडा, घोराही उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ र बंगलाचुली गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्रका रूपमा विकास गर्न थालेको हो । घोराही र बंगलाचुलीमा यसवर्ष सहकारीमार्फत जडीबुटी खेती सुरू गरिएको हो ।

दाङलाई जडीबुटी खेतीको हब बनाउनका लागि करिब तीन वर्ष अघिबाट पहाडी क्षेत्रमा जडीबुटी खेती विस्तार सुरु गरिएको डिभिजन वन प्रमुख सुवेदीले बताए । “तीन वर्ष अघिदेखि सुरु भएको यो कार्यक्रम यस वर्षबाट सहकारीमार्फत बिरुवा रोपनको काम अघि बढेको छ,” उनले भने, “सहकारीले सबै व्यवस्थापनको जिम्मा लगेपछि किसान वन कार्यालयसम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।”

दाङको जडीबुटी पकेट क्षेत्रमा अहिलेसम्म १ लाख ८४ हजार जडीबुटीका बिरुवाहरू रोपिएको छ । जिल्लामा दुई वर्षको अवधिमा करिब सात सय किसानहरू जडीबुटी खेतीमा लागेको वन कार्यालयले जनाएको छ । आम्दानीको वैकल्पिक स्रोत बनाउने, बाँझो जग्गाको सदुपयोग गर्ने, मानव र जन्यजन्तुबीचको द्वन्द्वलाई अन्त्य गर्न जडीबुटी खेतीको विस्तार गरिएको वन कार्यालयले जनाएको छ । जडीबुटीका बिरुवा जोगाउने किसानलाई प्रति बिरुवा तीन रुपैयाँका दरले रकमसमेत उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro