site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विराटनगरका वडाहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु
फाइल तस्बिर ।
SkywellSkywell

विराटगनगर । विराटनगर महानगरपालिकाका वडाहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । महानगरपालिकाका १८ वटा वडाहरुमा आजदेखि खोप अभियान सुरु गरिएको हो ।

संघीय सरकारले पठाएको चिनियाँ खोप भेरोसेल ५५ वर्ष उमेरभन्दा माथिका नगरवासीलाई लगाउन थालिएको छ । महानगरका मेयर भीम पराजुलीले भने, “संक्रमणको जोखिमलाई मध्यनजर गरी भिड हुन नदिई अभियान सञ्चालन गर्ने गरी वडाहरुमा व्यवस्थापन मिलाइएको छ ।”

Dabur Nepal
NIC Asia

विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्यालले वडाहरुमा तोकिएको खोप केन्द्रमा मापदण्डानुसारका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । “सकेसम्म भौतिक दूरी र संक्रमणको जोखिम नहुने गरी व्यवस्थापन गरेका छौँ,” उनले भने ।

महानगर क्षेत्रका फ्रन्टलाइनर, कर्मचारी, यातायात मजदुरलगायत प्राथमिकताप्राप्त समूहलाई वडामा खोप नदिइने बताइएको छ । उनीहरुले महानगरले सञ्चालन गरेको वीरेन्द्र सभागृह र कोसी अस्पतालस्थित केन्द्रमा गई खोप लगाउन सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर जनस्वास्थ्य कार्यालयमा गई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन कम्पनीको अमेरिकी खोप लगाउन पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro