site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरको उखुम गर्मीमा दैनिक अघोषित लोडसेडिङ !
सांकेतिक तस्बिर
SkywellSkywell

विराटनगर । विराटनगरका अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयले अनलाइनबाटै परीक्षा पनि लिइरहेका छन् । सरकारी विद्यालय र कलेजहरूले पनि अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेका छन् । तर विराटनगरमा दैनिक विद्युत कटौती हुने क्रम बढेसँगै विद्यार्थी र सर्वसाधारण मर्कामा परेका छन् । 

पूर्व सूचनाविनै घण्टौसम्म विद्युत काटिने गर्नाले विद्यार्थी र सर्वसाधारणलाई सास्ती भएको छ । गर्मीका बेला ‘झ्याप्प झ्याप्प’ बिजुली गइरहने र घण्टौसम्म नआउने गर्नाले विराटनगरमा अघोषित रूपमा लोडसेडिङ नै भइरहेको भन्दै सर्वसाधारणले विद्युत प्राधिकरणप्रति आक्रोश पोख्दै आएका छन् । 

विद्युत आपूर्तिमा हुने समस्याका कारण बालबालिकाको अनलाइन कक्षा चौपट बनेको गुनासो गर्दै विराटनगर–७ का कल्याण लामिछानेले भने, “यस्तो गर्मीका बेला घण्टौसम्म बिजुली आउँदैन । पहिले पहिले माइकिङ गरेर सूचना दिइन्थ्यो तर हिजोआज मनलाग्दी लाइन गइरहन्छ ।” 

Dabur Nepal
NIC Asia

स्थानीय विनोद महतले पनि बिजुली अनियमित रूपमा जाने गर्न थालेपछि अनलाइन कक्षामा पढ्ने विद्यार्थीलाई निकै कठिनाइ भएको सुनाए । “पटक–पटक जाने गरेको बिजुलीले त झन् समस्या दिएको छ,” उनले भने, “प्राधिकरणमा बुझ्न टेलिफोन गर्दा ममर्त हुँदैछ अब आइहाल्छ भन्ने मात्र जवाफ पाइन्छ ।”

नेपाल विद्युत प्राधिकरणले भने प्रसारण केन्द्रमा प्रशस्त विद्युत भार बढेको तर पुरानै संरचनाका कारण वितरण प्रणालीलाई सहज गर्न कठिनाइ भइरहेको दाबी गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा समस्या देखिएको प्राधिकरणका अधिकारीहरूले स्वीकार गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहियार कतिपय स्थानमा सडक निर्माण लगायत काम भइरहेकाले पोल सार्ने र तार फेर्ने काम चल्दा पनि विद्युत काट्ने गरिएको बताउँछन् । उनले भने, “कतिपय ठाउँमा भने प्राधिकरणका प्राविधिकहरू खटिएर नयाँ उपकरण जडान गर्ने, थप्ने र फेर्ने काम भइरहेकाले केही समययता बिजुली जाने समस्या भएको हो । सोमबार दुहबी ग्रिडमा ट्रान्सफर्मर परिवर्तन गर्ने काम चलेकाले केही अवरोध भएको हो । समस्या यसलाई निदान गर्न हामीले भरमग्दुर प्रयास गर्छौँ । लामो समयसम्म बिजुली नकाट्ने नै हाम्रो ध्यान हुन्छ ।”

नागरिकस्तरबाट आएको गुनासो जायज भएको र त्यसलाई सम्बोधन गर्ने आफूहरूको प्रयास रहेको सिंहको भनाइ छ । असार ३० गतेसम्म भने निययमित अवरोध भएपनि अहिले अवस्था सामान्य भएको उनले सुनाए ।

वितरण केन्द्र मातहत ७३ हजार ७५४ उपभोक्ता छन् । एकहजार ४६९ औद्योगिक ग्राहक छन् । विराटनगर महानगरपालिका क्षेत्रभित्र ९८ किलोमिटर ३३ केभीए प्रसारण लाइन रहेको छ । प्राधिकरणका अनुसार विराटनगरमा विद्युतको दैनिक ८० मेगावाट ‘पिक डिमान्ड’ रहेको छ । तर, संरचना अभावले भने समस्या भएको जनाइएको छ । वितरण केन्द्रले चारवटा सव–स्टेसनबाट २५ ग्रिडमार्फत विद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । कटहरी, टंकीसिनवारी, रानी र बाँसबारीको भट्टीपुल स्टेसनको क्षमता बढाइएको छ । तर, प्रणाली भने अझै नियमित हुन सकेको छैन । 

अधिक लोड पर्ने ठाउँमा ‘लोड सेन्टर’ हेरेर नयाँ ट्रान्सफर्मर राख्ने गरिएको र केही ठाउँमा राख्न स्थानीयले नै अवरोध गर्दा समस्या भएको प्राधिकरणका कर्मचारी बताउँछन् । अघिल्लो वर्षदेखि नै २४५ किलोमिटर क्षेत्रमा ११ केभिए प्रसारण लाइनमा नयाँ तार जडान गर्ने काम सुरु गरेको र ५६५ ओटा पोल थप्ने योजनाअनुरूप काम भइरहेको कार्यालयले जनाएको छ । 

२६ किलोमिटर दुरीमा ११ केभीए विस्तार, ४२.२६ किलोमिटरको विद्युत प्रसारण लाइनलाई  ३० वर्गमिलिमिटर (ओथ्री) बाट एक सय वर्ग मिलिमिटर (डग कन्डक्टर) मा स्तरोन्नति गरिएको बताइएको छ । अब विराटनगर, जहदा, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकामा ६ सयवटा ट्रान्सफर्मर जडान गर्नुपर्ने प्राधिकरणले जनाएको छ । हाल ३ सय मात्र रहेको विराटनगरभित्र मात्र कुल ट्रान्सफर्मर संख्या ४ सय पुर्‍याए धेरै समस्या समाधान हुने प्राधिकण प्राविधिक बताउँछन् । 

विद्युत भारवहन क्षमता वृद्धि गर्दै सर्किट विस्तारको काममा हुने अवरोध रोक्न आवश्यक भएको बताउँदै प्राधिकरणका सूचना अधिकृत भरत केसी भन्छन्, “ट्रान्सफर्मरको क्षमता वृद्धि, नयाँ जडान र संख्या थप नहुनेन्जेल समस्या आउने नै देखिन्छ । विराटनगर–१६ मै पनि हामीलाई काम गर्न अवरोध भएको छ । यस्ता अवरोध छिचोलेर काम गर्नुपर्ने अवस्था छ ।” टंकी सवस्टेसन मर्मत गरेपनि तारमा समस्या देखिएको उनले सुनाए । 

महानगर क्षेत्रमा ट्रान्सफर्मरको संख्या ३ सयबाट वृद्धि गरेर ४ सय र बाँकी कटहरी, ग्रामथान, बुढिगंगामा १७० बाट वृद्धि गरेर दुई सय पु¥याउनु पर्ने आवश्यकता रहेको बताइएको छ । तर, महानगरभन्दा बाहिरको सेवा क्षेत्रमा ट्रान्सफर्मर राख्न समस्या नभएपनि महानगरमा तत्काल थपिहाल्नुपर्ने २५ ट्रान्सफर्मरका लागि प्राधिकरणलाई सकस परिरहेको छ । सवस्टेसन, ग्रिड, तार अपग्रेड गरिएसँगै ट्रान्सफर्मर अपग्रेड गर्ने र संख्या बढाउने काम हुन नसकेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu