राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुरलाई भेट्न पुगेका हुन् ।
विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसित भेटघाट गरिरहेका छन् । भेटवार्ताका लागि उनी नेताहरुकै निवास पुग्दै आएका छन् ।
ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८ १४:५६
प्रतिक्रिया दिनुहोस्