अर्थ व्यवसाय
काठमाडौं । ‘युरो कप विथ फोनलोन क्याम्पेन’ को विजेत लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् । उनले सामसङ को ५५–इन्च स्मार्ट टिभी जितेका छन् ।
असार १ गते देखि २३ गतेसम्म चलेको क्याम्पेन फोनलोन सञ्जालका ५ बैंकहरू (लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका) फोनलोन प्रयोगकर्ताहरू सहभागी थिए ।
उक्त क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको हो ।
यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८ १७:५५
प्रतिक्रिया दिनुहोस्