site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
संवैधानिक नियुक्तिमा जालझेल

लोकतन्त्रमा पार्टी वा व्यक्तिकाे नाफा वा नोक्सान हुने आधारमा नभएर संविधान वा कानुनमा आधारमा विधि र प्रक्रिया अनुसरण गरेर निर्णय गरिन्छ ।  हालै संवैधानिक निकायमा गरिएका नियुक्तिमा नयाँ सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पार्नु जरुरी छ । 

संवैधानिक प्रावधान र प्रक्रिया छलेर संवैधानिक निकायमा गरिएका नियुक्तिहरूको नेपाली कांग्रेस र विपक्षी गठबन्धनले विरोध गरेको थियो । विरोधकाे कारण व्यक्तिको छनोट सही तर प्रक्रिया नमिल्नु हो वा सबै ठीक भए पनि विपक्षको धर्म पूरा गरिएकोमात्र हो ?

खड्गप्रसाद ओली नेतृत्वको सरकारले पूर्ववर्ति सरकारका नियुक्तिहरू विनाआधार खारेज गरेकाले अहिलेको सरकारले पनि गर्नैपर्छ भन्न खोजिएको होइन । परन्तु, संविधानकै उपहास गरिँदा पनि सहनु र स्वीकार गर्नु भने सरकारका मात्र हैन देशकै लागि प्रत्युत्पादक ठहर्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सत्ताच्युत हुनुपरेकाले सर्वोच्च अदालतको फैसलाले राज्यका प्रमुख अंग बीचकाे सन्तुलन खलबल्याएको दाबी अहिले विपक्षमा पुगेकाे पार्टीको छ । संसदीय प्रक्रियामा सहभागी आफ्नै पार्टीका नेता कार्यकर्तालाई समेत अपराधी भनेको छ पुरानो सरकार पक्षले । 

यस्तो अवस्थामा संवैधानिक नियुक्तिमा गरिएको बलमिचाइँको प्रभाव  आगामी दिनमा र पक्षपातका रूपमा आउने शंका छ । अहिलेको सरकारविरुद्धमा विपक्षी प्रतिक्रिया त अझ आउ नै बाँकी होला । 

Royal Enfield Island Ad

ओली सरकारले गरेको असंवैधानिक कार्य बदर गर्ने न्यायमूर्तिको पुत्लादहन भइरहेको छ ।  छुद्र टिप्पणी र गालीगलौजबाट न्यायपालिकाकै गरिमामा गम्भीर आँच पुराउने प्रयत्न भइरहेको छ । 

संविधानको अक्षरशः पालना गर्नु गराउनु अहिलेको  महत्त्वपूर्ण  कार्यभार हो । नेपाली नागरिकमा राजनीतिक चलखेलप्रति चरम वितृष्णा पलाएको छ । अब पटकपटक परीक्षण भइसकेका पुरानै पात्रबाट नयाँ नतिजा पाइन्न तर संवैधानिक बाध्यतामा आएको भएरमात्र सरकारलाई स्वीकार गर्नु परेको हो भन्ने नबनाउन सरकार र संसद्ले संविधानको अक्षर र भावनाअनुसार कार्यान्वयन गर्नु गराउनुलाई नै मूल मन्त्र ठान्नुपर्छ । अन्यथा, अर्को निर्वाचनमा सत्ताधारी दललाई नागरिकले पन्छाइदिन सक्छन् । 

राष्ट्रपतिबाट महान्यायाधिवक्ताको शपथका सन्दर्भमा गरिएको व्यवहार हेर्दा आगामी दिनमा संसद्बाट परीक्षणविनै संवैधानिक निकायमा नियुक्त पदाधिकारी संविधान र संसद्प्रति कति उत्तरदायी रहलान् भन्ने अर्को शंका उत्पन्न हुन्छ । बेथितिको जगमा उत्पन्न वा आग्रहमा हुने नियुक्ति र त्यहाँबाट आउने परिणाम सन्तुलित बनाउन पनि संविधानकाे भावनाकाे रक्षा जरुरी छ । 
संसद् विघटन जसरी संविधानको जगमा नै अतिक्रमण र प्रहार थियो त्यसरी नै संसदीय परीक्षण छलेर पहिलो र दोस्रो विघटनका अन्तरिम अवधिमा भए गरेका संवैधानिक  निकायमा गरिएका नियुक्ति संविधान र कानुनको प्रक्रियाअनुरूप थिएनन् । 

जटिल आवश्यकताको सिद्धान्त अनुरुप गरिएका संबैधानिक नियुक्ति पनि यी होइनन् र थिएनन् । यस्तै संवैधानिक प्रक्रियामा मिल्ने गरी पनि गरिएको होइन । भलै, त्यसमा सत्ता र सत्ताबाहिरकाको स्वार्थ मिसिएको होला वा भागबन्डा लगाइएको होला !  

त्यसैले, अहिलेको संसद् र सरकारले आफूलाई संवैधानिक रुपमा पुनःस्थापितत गर्ने संविधान, कानुन र संसदीय पद्धतिलगायत सर्वोच्च अदालतको मान राख्ने र लाज जोगाउने हो तथा नैतिकता बचाउने हो भने संवैधानिक कार्यविधी सबैका लागि समान हुनुपर्छ । व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि होइन भने नियुक्तिहरुको संविधानको मर्मअनुरुप  संवैधानिक र कानुनी निरुपण गर्नुपर्छ !  

असंवैधानिक रूपमा गरिएका नियुक्तिमा योग्य मानिस उपयुक्त ठाउँमा गरेका छन् भने पनि पुन: संवैधानिक प्रक्रियामा समावेश गरेर नियुक्त गरे हुन्छ । संविधानप्रति सम्मान भए यसकाे अक्षर र भावनाकाे रक्षामा सत्तारू र विपक्ष दुवैले ध्यान दिनै पर्छ । 

लोकतान्त्रिक प्रणालीको अभ्यासलाई गलत दिशामा लैजान खोज्ने पहिलेको सरकारले गरेको सबै क्रियाकलापकाे संसदीय सम्परीक्षण हुनु आवश्यक छ । ओली सरकारले गरेको नियुक्तिलाई नै सदर गर्ने हो भने पनि संसदीय परिक्षण गर्न गराउन जस्ताे उपाय अवलम्बन गर्न सकिन्छ त्यही गरौँ । 

अघिल्लो सरकारले संविधानको भावनाविरुद्ध अध्यादेशबाट सुरु गरेको निरङ्कुश अभ्यास, नियुक्ति र अन्य संविधानविरीतका अभ्यास सबै खारेज गरौँ । नत्र,  जनमानसमा परेको सबै उस्तै न हुन् भन्ने छाप बदलिने छैन। 

उपमहासचिव, नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमिति ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro