अर्थ व्यवसाय
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कोभिड–१९ को महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले एक अर्ब रुपैयाँमाथिको बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ हुन् भने प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल हुन् ।
पौडेलले व्यवस्थापनको जिम्मेवारी सम्हालेको छोटो अवधिमै अर्ब क्बलमा लैजान सफल भएकी हुन् । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६९ करोड बिमा शुल्क आर्जन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ १८:१०
प्रतिक्रिया दिनुहोस्