राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै देउवाले त्यस्तो निर्देशन दिएकाे सीसीएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायतकाे उपस्थिति थियाे । रासस
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ २०:५०
प्रतिक्रिया दिनुहोस्