site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानी अब कहिले आउँछ काठमाडौं ?
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकावासीले २२ वर्ष लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाएका थिए । तर, चार महिना पनि उपभोग गर्न नपाउँदै मेलम्चीको पानी पुनः काठमाडौं कहिले आउने भन्ने अनिश्चित बनेको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार अब वर्षायाम सकिएपछि मात्रै काठमाडौं उपत्यकामा पानी आउनेछ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले आयोजनाको काम असोज पहिलो सातादेखि मात्रै थालिने बताए ।

“अविरल वर्षाले खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ । वर्षाले खानेपानी आयोजनाअन्तर्गतका धेरै संरचनामा क्षति पुर्‍याएको छ । त्यसैले वर्षाको समय सकिएपछि मात्रै क्षति पुगेका अस्थायी र स्थायी संरचनाको काम सुरु गरी पुस/माघसम्म उपत्यकामा खानेपानी आउने सम्भावना रहेको छ,” प्रवक्ता पन्तले भने ।

KFC Island Ad
NIC Asia

यही असार १ गतेको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीबजार बगरमा परिणत भयो । खानेपानी आयोजनाको क्याम्पसमेत बगायो । केही कामदारहरु बेपत्ता छन् । आयोजनामा ठूलो क्षति पुगेको छ ।

असार १ गतेदेखि सुरुङ परीक्षण गर्न पानी बन्द गरिएको थियो । ‘‘सुरुङ परीक्षण गर्न करिब दुई महिनाको समय लाग्ने भनिए पनि बाढी–पहिरोले क्षतविक्षत पार्दा यसको समय लम्बिने भएको छ । बाढी–पहिरोले क्षति पुर्‍याएका संरचना बनाउनुपर्नेछ,” उनले भने, ‘‘वर्षा भइरहेको बेला यो सबै काम गर्न सकिँदैन । समय लाग्छ । त्यसैले उपत्यकामा खानेपानी पुस/माघ महिनासम्म आउला ।”

Royal Enfield Island Ad

सरकारसँग छलफल गरी ठोस कार्ययोजना बनाएर मात्रै अघि बढ्नेबारे छलफल भइरहेको प्रवक्ता पन्तले जानकारी दिए । ‘‘बगेर गएको अस्थायी पुल पुनर्निर्माण गर्नुपर्नेछ । अस्थायी ट्रयाक खोल्नुपर्ने हुन्छ । अहिले खोलाको बहाव घटिसकेको छैन । तत्काल त्यहाँ गएर काम थालनी गर्न सकिने अवस्था छैन । वैकल्पिक पानी पथान्तरण प्रक्रिया बदर भएको छ । उक्त पथान्तरण प्रक्रियालाई पुनः फर्काउनुपर्नेछ । अहिलेसम्म पनि कुन संरचनामा कति क्षति पुगेको छ, थाहा पाउन सकेका छैनौँ,” प्रवक्ता पन्तले भने ।

बगेका, भत्किएका संरचना मर्मत–सम्भार, पुनर्निर्माण र सरसफाइ गर्नुपर्ने हुन्छ । करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाले जनाएको छ । सबैभन्दा धेरै अस्थायी संरचनाहरुमा क्षति पुगेको छ । खोला डाइभर्सन गर्ने संरचना माटोले पुरिएको छ । बेलिब्रिज, हेडबक्स, लेबरक्याम्पलगायतमा क्षति पुगेको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना सुरु भएको २२ वर्षपछि काठमाडौं उपत्यकामा पानी आएको थियो । गत चैत १५ गतेदेखि उपत्यकामा पानी वितरण सुरु गरिएको थियो । पहिलो, दोस्रो र तेस्रो चरण गर्दै पानी वितरण थालिएको थियो । चरणबद्ध रुपमा दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको थियो । तर, सुरुङ परीक्षण हुन पाएको थिएन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बर्खाको समयमा मेलम्चीको खानेपानी नआए पनि उपत्यकामा पानीको अभाव नहुने जनाएको छ । बर्सातको समयमा पानीका अरु स्रोतहरु बढेको र अरु ठाउँबाट पानीको बन्दोबस्त भइरहेकाले खानेपानीमा समस्या नआउने केयूकेएलको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro