site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहत, उद्धार र पुनःस्थापनामा राजनीति गरिँदैन : गृहमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले विपत्मा परेकाको राहत, उद्धार र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपत्मा परेकाको उद्धार, राहत र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राजनीतिका लागि अन्य कैयौँ एजेन्डाहरु भएको भन्दै उनले मानवीय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । विपत् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय भएको उनले बताए । विपत्मा परेकाहरुलाई राहत दिन चाहने व्यक्तिहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरी एकद्वार प्रणाली लागु गरिएको उनले जानकारी दिए ।

“संघीय सरकारको तर्फबाट गर्नुपर्ने प्रयासहरु गरिरहेका छौँ र प्रादेशिक सरकार र स्थानीय तहसँगको समन्वयलाई पनि हामी प्रभावकारी रुपले अगाडि बढाएका छौँ । राहतमा, पुनःस्थापनामा राजनीति भयो कि भन्ने यहाँहरुले टिप्पणी गर्नुभएको छ । म स्पष्ट गर्न चाहन्छु, सरकार मानवीय प्रश्नमा राजनीति गर्न चाहँदैन । राजनीति गर्नका लागि हाम्रा सामुन्नेमा अरु धेरै एजेन्डाहरु छन् । मानवीय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुनःस्थापनाको प्रश्नमा, विपत् जोखिम न्यूनीकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन,” उनले भने ।

Royal Enfield Island Ad

उनले बाढी प्रभावितको पुनःस्थापनको निम्ति बजेटको अभाव नहुने पनि बताए । डुबानको समस्या समाधान गर्नका लागि भारत सरकारसँग दुईपक्षीय संवाद गरेको उनको भनाइ छ ।

कुनै पनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् भन्नका लागि र नदी थुनिएर बस्ती डुबानमा नहोस् भन्नका लागि सरकारले हरसम्भव प्रयास गरेको उनले बताए । यस वर्षको मनसुनजन्य विपत्का कारण क्षतिग्रस्त घरहरुको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले बनाएको कार्यविधिअनुसारको रकम तत्काल दिनका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । त्यसअघि, बैठकमा उनले समसामयिक विषयमा जानकारी गराएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro