मुम्बई । कलाकार, फेसन डिजाइनर तथा टीभी पर्सनालिटी मन्दिरा बेदीका पति फिल्ममेकर राज कौशलको ४९ वर्षको उमेरमा निधन भएको छ ।
उनको हृदयाघातका कारण बुधबार बिहान करिब ४ः३० बजे निधन भएको इन्डियन एक्सप्रेसले जनाएको छ । राज र मन्दिराका एक छोरा र एक छोरी छन् ।
निर्देशक/लेखक र निर्माता राजले आफ्नो करियरमा तीवटा फिल्महरु गरेका छन्, जसमा ‘प्यार मे कभि कभि, ‘शादिका लड्डु’ र ‘एन्थोली कौन है’ रहेका छन् । उनले कपिराइटरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । चलचित्रमा भने सहायक निर्देशकको रुपमा भित्रिएका थिए ।
उनले सन् १९९८ देखि आफ्नै विज्ञापन कम्पनी सुरु गरेर ८०० भन्दा बढी विज्ञापनहरु बनाएका छन् । राजको अन्तिम संस्कार मुम्बईकै दादरको शिवजी पार्कमा गरिएको थियो ।