site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडी छनोटमा संघको हस्तक्षेप किन ?

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल । नेपालमा अन्य खेलको जति चर्चा छ भलिबलको पनि त्यति नै । सबै स्थानमा खेलिने खेल, सानो मैदान र बल भए पनि खेल्न सकिने खेल । तुलनात्मक रुपमा नेपालमा सबैभन्दा धेरै खेलिने र लोकप्रिय खेलको रुपमा भलिबलाई लिइन्छ । वि.स २०७४ सालमा भलिबल राष्ट्रिय खेलको रुपमा घोषणा भएको थियो ।
 
त्यसपछि नेपालमा भलिबलको चर्चा झनै चुलियो । नेपालमा पुरुष भलिबलको तुलनामा भहिला भलिबल धेरै चर्चामा छ । उपाधि र खेल स्तरको हिसावले पनि महिला भलिबलको विकास छिटै भएको मानिन्छ । महिला भलिबलले नेपालमा आयोजना भएको १३ औं सागमा रजत पदक जित्यो । त्यसअघि नेपालले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो । 

महिला भलिबल टोली नेपालमा सम्भावना बोकेको टिम हो । महिला भलिबलमा पछिल्लो समय नयाँ खेलाडीको आगमनसँगै पुराना खेलाडीलाई विधाइ पनि गरिएको छ । १३ औं संस्करणको सागमा खेलेर सन्यास लिने तयारीमा रहेका खेलाडी टिममा नपर्दा उनीहरुको सन्यास अझै अन्योलमा छ । नेपाल भलिबल संघले देशका लागि लामो समय खेलेका खेलाडीलाई सन्यास लिने वातावरणको तयारी गर्ने बताएको थियो । 

तर, हालसम्म उक्त सन्यासको कुनै टुङ्गो भने छैन । राष्ट्रिय भलिबल टोलीमा खेलाडी छनोटमा विबाद पनि आयो । नेपाली टोलीको ऐतिहासिक सफलता पछि उक्त विबाद सकियो । तर, उक्त समयमा पनि भलिबल संघको खेलाडी छनोटमा संघका व्यक्तिहरु भएका कारण बिबाद भएको चर्चा भयो ।
 
यो पटक पनि बन्द प्रशिक्षण पछि संघले खेलाडी छनोट समिति गठन गरेको छ । नेपाल भलिबल संघले मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ । सामान्यतया सबै खेलकुदमा बन्द प्रशिक्षणपछि खेलाडी छनोटको जिम्मेवारी मुख्य प्रशिक्षकलाई हुन्छ । यदि फुटबल या क्रिकेट भएमा केही हात कप्तानको पनि हुन्छ । जसले आफ्नो टिममा या ेखेलाडीको आवश्यक्ता छ भनेर पहिचान गर्दछ । 

तर, नेपाली भलिबलमा भने सधैँ संघको हस्तक्षप भइराख्छ । मुख्य प्रशिक्षकलाई सबै कुराको जिम्मेवारी दिसकेपछि पनि खेलाडी छनोटमा हुने हस्तक्षपले कस्तो खाले नतिजा ल्याउँछ भन्ने प्रश्न उठ्छ । संघको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले एसियन महिला सिनियर च्याम्पियनसिपको खेलाडी छनोटका लागि छन्त्याल संयोजकत्वको केन्द्रीय सदस्य रीता कोइराला, ज्योती केसी, जुनु पुन, चिफ कोच प्रज्वलबहादुर सिंह, हेड कोच जगदिश भट्ट र सहायक कोच भरत यादव  छन् ।

उनीहरुले अब खेलाडी छनोट गर्नेछन् । मुख्य प्रशिक्षकको भूमिका अब संघका पदाधिकारीले निभाउनेछन् । उनीहरु प्रशिक्षकले छनोट गरेका खेलाडीहरुलाई राख्न या फाल्न पनि सक्छन् । मुख्य प्रशिक्षकले केही आफ्नो तर्क राख्दा पनि समितिले चाहेको मान्छे भने टिममा पर्नबाट कसैले रोख्न सक्ने छैन । नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिस भट्टले आफू कुनै व्यक्तिको पावरबाट नचल्ने र उत्कृष्ट प्रदर्शन गर्ने क्षमता भएका खेलाडीलाई मात्र टिममा राख्ने बताए । उनले नेपाली भलिबलको खेलाडी छनोटको लागि संघको मोह किन हुन्छ भन्ने कुरामा आफू अझै अनविज्ञ भएको बताए । 

“नेपाली भलिबलमा खेलाडी छनोटको विषयमा संघको मोह किन हुन्छ थाहा छैन । तर, यहाँ कसैको पावर भने चल्दैन । म आफूलाई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सहजै रुपमा टिममा राख्न सक्छु । टिममा कसैको हस्तक्षप भने चल्दैन,” प्रशिक्षक भट्टले बाह्रखरीसँगको कुराकानीमा भने ।
 
भट्टले भने जस्तै टिममा हस्तक्षप हुने छैन । समिति नै बनिसकेपछि भट्टले एक–एक प्रश्नको जवाफ दिनु पर्नेछ । अन्ततः उनललाई प्रश्नको महामारीबाट टाढा भएर संघले चाहेको मान्छे नै राखौं भन्ने मनसाय उब्जनेछ ।
 
नेपाली महिला भलिबल टोलीका पूर्व प्रशिक्षक कपिल श्रेष्ठले बन्द प्रशिक्षण पछि सबै हात मुख्य प्रशिक्षकको हुने बताउँदै नेपाली भलिबलमा यो संस्कार हटाउनु पर्ने बताए । भलिबलको विकास गर्ने भन्ने र खेलाडी छनोटमा नै हस्तक्षप भएमा राम्रो खेलाडीको मनोबल कमजोर बन्ने बताए । 

“नेपाली भलिबलमा खेलाडी छनोटको मोह लामो समयदेखि नै हो । मैले एकपटक भने आफ्नै तरिकाले खेलाडी छनोट गरेको थिए । पूरै जिम्मेवारी मेरो हातमा थियो । खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरेका थिए,” श्रेष्ठले बाह्रखरीसँग भने । 

श्रेष्ठले खेलाडी छनोटमा संघका व्यक्तिहरु बस्दा आएको नतिजाको दोस र श्रेय कसलाई दिने भन्ने कुरामा पनि अन्योल हुने बताए । राष्ट्रिय खेलमा नै यो किसिमको अवस्था आउनु नराम्रो भएको बताए । उनले बन्द प्रशिक्षण पनि खेलाडी छनोटको पूरै जिम्मेवारी मुख्य प्रशिक्षकलाई दिँदा राम्रो हुने र नयाँ खेलाडीले टिममा मौका पाउने तथा प्रदर्शन पनि राम्रो हुने बताए ।
 
यता, छनोट समितिको विषयमा भने भलिबल संघका पदाधिकारीहरु आफूलाई यो विषयमा कुनै किसिमको ज्ञान नभएको बताउँछन् । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले आफूलाई यो विषयमा धेरै थाहा नभएको र महासचिवलाई सोध्नु पर्ने बताइन् ।
 
महासचिवलाई पनि सो प्रश्न गर्दा आफू घरायसी काममा ब्यस्त भएको हुनाले यो विषयमा कुनै प्रश्न नगर्न बताइन् । छनोट समितिमा रहेको दुई सदस्यलाई सोध्दा आफ्नो नाम नखुलाउने शर्तमा आफूहरुलाई यो विषयमा जानकारी नभएको बताए ।
 
छनोट समितिका संयोजक तथा सचिव मनवीर छन्त्यालले आफूहरु खेलाडी छनोटको विषयमा कुनै बिबाद नहोस् भनेर मात्रै बसेको र खेलाडी छनोटमा कुनै हस्तक्षेप नहुने बताए । खेलाडी छनोटमा हस्तक्षेप नहुने भए छनोट समिति बनाउने मोह किन ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “हामीले छनोटमा हस्तक्षेप गर्दैनौं । छनोट समिति बनाउने हाम्रो पुरानो चलन हो । हालसम्म हस्तक्षेप भएका छैन, पछि के हुन्छ थाहा छैन ।”
 
खेलाडी छनोटमा संघको हस्तक्षप हुँदा, राम्रो प्रदर्शन गर्दा संघले श्रेय लिने र कमजोर भए प्रशिक्षकले दोष पाउने निश्चित छ । यदि भलिबलको विकास र राम्रो खेलाडीको आगमन गर्ने हो भने भलिबल संघले खेलाडी छनोटमा गरिने हस्तक्षप भने हटाउनु पर्छ । 

फिलिपिन्समा हुने प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुँदैछ । भलिबल संघले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई समावेश गरेको छ । नेपाल पुलिस क्लबका तीन खेलाडी नआउँदा बाँकी २७ जना बन्द प्रशिक्षणमा सहभागी भएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro