site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा अझै निषेधाज्ञा थपिने, सार्वजनिक यातायात सञ्चालनको टुंगो छैन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिनाअघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुने बताए ।

KFC Island Ad
NIC Asia

“उपत्यकाको पछिल्लो साताको संक्रमणदर अघिल्लो साताको जस्तै छ । संक्रमण फैलिन सक्ने जोखिम पनि कायमै छ । त्यसैले अबको निषेधाज्ञाबारे केही भन्न सकिने अवस्था छैन । पछिल्लो साताको संक्रमणदर स्थिर छ,” उनले भने, ‘‘भयावह अवस्थालाई पार गरेर आए पनि फेरि भिडभाड भयो भने उस्तै अवस्था आउँछ । त्यसैले फेरि एक साता/दश दिन कति हुन्छ निषेधाज्ञा थप हुन्छ ।”

नागरिकको स्वास्थ्य र संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइने उनले बताए ।

Royal Enfield Island Ad

“चरणबद्ध रुपमा स्वास्थ्य मापदण्डमा कडाइ गरी केही क्षेत्र खुकुलो बनाएका छौँ । निजी सवारी–साधनमा जोर–बिजोर लागु गरिएको छ । असार १४ गतेसम्मको संक्रमणदर अहिले नै पूर्वानुमान गर्न सकिँदैन । अघिल्लो साता र यो साताको संक्रमणदर उस्तै उस्तै छ,” प्रजिअ निरौलाले भने, “सार्वजनिक सवारी–साधन चल्न दिनेबारे केही पनि छलफल भएको छैन । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको म्यासेज मलाई आएको छ । यस विषयमा १४ गतेअघि छलफल होला कि । सार्वजनिक यातायात व्यवसायी मारमा परेको बारे प्रशासनको ध्यान गएको छ । तर, संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइनेछ ।”

पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ । मोटरसाइकल कार, जीप, ट्याक्सी चलाउन दिइएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भइरहेका छन् । विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । पठाओ र टुटल सेवा सञ्चालनमा आइसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान गर्न दिने निर्णय पनि गरिसकेको छ । 

“उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिनुको एउटै उद्देश्य हो भिडभाड नियन्त्रण गर्नु,” उनले भने, ‘‘पछिल्लो साताको संक्रमणदर हेर्दा अहिले नै केही भन्न सकिने अवस्था छैन । निषेधाज्ञा थप्नुअघि विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर मात्रै निर्णय लिँदै आएका छौँ ।”

निषेधाज्ञालाई निरन्तरता दिँदा मारमा परेका वर्गका गुनासाहरुप्रति प्रशासनको ध्यानाकर्षण भएको अधिकारीहरुको भनाइ छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सकिन अझै तीन दिन बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro