site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सरसाइज गर्न छोडेको कति समयमा हामीले ‘फिटनेस’ गुमाउँछौं ?

बीबीसी । फिट हुन, आफूले चाहे अनुसारको ‘बडी’ बनाउन महिनौँ मिहिनेत गर्नुपर्छ । शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ गर्न छाड्ने हो भने हामीलाई बडी बनाउन जति समय लागेको थियो त्योभन्दा धेरै छिटो शरीरको बल हराउने पनि गर्दछ । तर, यसका वावजुद एक्सरसाइज गर्न छाडिसकेको शरीरलाई पुनः पहिलेकै अवस्थामा फिट राख्नलाई हामीले सुरुवातदेखि प्रयास नगर्नुपर्ने हुन सक्छ ।
 
एकपटक एक्सरसाइज गरेर प्राप्त गरेको फिट शरीर हामीले कतिन्जेल कायम राख्नु पर्ला भन्ने विषयमा धेरैको जिज्ञासा रहँदै आएको छ । र, वास्तविकतामा हामीले शारीरिक अभ्यासमा जति नै कडा मिहिनेत गरे पनि केही समयका लागि यसबाट ‘ब्रेक’ लिनुको अर्थ शरीरको आकार फिट बनाएभन्दा धेरै कम समयमा हामी ‘अन–फिट’ हुन थाल्नेछौँ ।
 
शरीर कसरी अन–फिट हुन्छ भन्ने कुरा बुझ्न पहिले त हामीले फिट कसरी भइन्छ भन्ने जान्न जरुरी छ । फिट हुने सबैभन्दा मुख्य कारक भनेको हाम्रो ‘कार्डियोभास्कुलर’ अर्थात मुटु र रक्तनली सम्बन्धी क्षमतामा सुधार ल्याउनु या मांसपेशीको शक्ति बढाउनु हो । यसलाई अर्को अर्थमा शारीरिक क्षमता वृद्धि गर्नु पनि भन्न सकिन्छ । यसमा हामीले शरीरलाई बानी परेकोभन्दा धेरै गतिविधि गर्न सक्ने बनाउनुपर्ने हुन्छ । त्यही व्यायामले शरीरमा लगातार स्ट्रेस पारिरहन्छ अनि हामीलाई पहिलेभन्दा धेरै क्षमतावान् र सहनशील बनाउनेछ र अन्ततः फिटनेसको स्तर वृद्धि गर्नेछ ।
 
यसमा हामीलाई फिट हुन लाग्ने समय विभिन्न कुराहरुमा निर्भर हुन्छ जस्तै कि व्यक्तिको शारीरिक अवस्था, उमेर, कति कडा व्यायाम गरेको छ र एक्सरसाइज गर्ने वातावरणले समेत यसमा फरक पार्न सक्छ । उदाहरणको लागि तापमान र प्रदूषण जस्ता कुराले व्यायाम प्रतिको हाम्रो मनोवैज्ञानिक प्रतिक्रियामा प्रभाव पार्ने गर्दछ । तर पनि केही अध्ययनहरुका अनुसार केबल छ वटा चरणका ट्रेनिङले पनि पूरै शरीरको फिटनेस वृद्धि गराउन सक्छ र हाम्रो सेलमा स्टोर भएको ‘सुगर’ अर्थात ऊर्जाको प्रभावकारी प्रयोगमा पनि सुधार ल्याउन सक्छ । 

यसमा बल बढाउने ट्रेनिङ अन्तरगत मांसपेसीलाई दुई हप्तामै बलियो बनाउन सकिन्छ तर स्पष्ट रुपमा यसको आकार बदलिएको देख्नका लागि भने आठदेखि १२ हप्ता लाग्दछ ।
 
कार्डियो फिटनेस
जब हामीले शारीरिक व्यायाम गर्न छाड्छौँ तब हामीले छिटै आफ्नो फिटनेस गुमाउनु पछाडिको कारण धेरै कुरामा निर्भर हुन्छ । उदाहरणका लागि हामीले म्याराथोनमा दौडिनेलाई हेर्यौँ भने खेलाडीका रुपमा सो व्यक्तिले हप्तामा पाँच देखि ६ दिनसम्म अभ्यास गरिरहेको हुन्छ । प्रायः खेलाडीहरुले वर्षौँ लगाएर त्यस किसिमको फिटनेस स्तर निर्माण गरेका हुन्छन् । अब मानौँ उनीहरुले अचानक पूर्ण रुपमा सबै शारीरिक अभ्यास बन्द गरे भने अब शरीरले ट्रेनिङको स्ट्रेस बेहोर्नु पर्नेछैन र मसल्सहरु पनि फिट रहन बाध्य हुँदैनन् र केही हप्तामै ती खेलाडीले आफ्नो फिटनेस गुमाउन थाल्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसरी कार्डियोभास्कुलर फिटनेस व्यक्तिको ‘भिओ–टु म्याक्स’ अर्थात एक्सरसाइजका समयमा व्यक्तिले कति मात्रामा अधिकतम अक्सिजनको प्रयोग गर्न सक्छ भन्ने कुरामा पनि निर्भर हुन्छ । र, यही भीओ–टु मान्छेले एक्सरसाइज गर्न छाडेको पहिलो चार हप्तामा १० प्रतिशतले घटिरहेको हुन्छ । यसपछि लामो समयसम्म एक्सरसाइज नगर्दा यो निरन्तर घटिरहन्छ तर कम दरमा ।
 
यसरी खेलाडीहरुका लागि भने पहिलो चार हप्ता भीओ–टुको स्तरमा ठूलो गिरावट देखिए पनि बिस्तारै त्यो औसत स्तरमा पुगेर रोकिदै जानेछ । तर साधारण मान्छेमा भने भीओ–टु म्याक्स तिव्र रुपमा झरेर आठ हप्ताभन्दा कम समयमै एक्सरसाइज गर्नु अगाडिको अवस्थामा पुग्ने गर्दछ ।
 
भइओ–टु म्याक्स त्यसरी घट्नुको कारण भनेको रगत र प्लाज्माको मात्रामा कमी आउनाले हो जुन पहिलो चार हप्तामा १२ प्रतिशतले घटिरहेको हुन्छ । हाम्रो मुटु र मांसपेसीमा एक्सरसाइजका कारण पैदा हुने स्ट्रेस नपर्ने हुनाले नै प्लाज्मा र रगतको मात्रा घट्ने गरेको हो । प्लाज्माको मात्रा एक्सरसाइज गर्न छाडेको पहिलो ४८ घण्टामै पाँच प्रतिशतले कम हुने गर्दछ । 

बल बढाउने ट्रेनिङ 
एक्सरसाइजले हाम्रो शरीरलाई पहिलेभन्दा बलियो बनाउने गर्दछ । र, औसत व्यक्तिमा शारीरिक व्यायाम गर्न छाडेको १२ हप्तापछि नै त्यो बलको स्तर पनि घट्ने गर्दछ । र, हामीले पहिले जसरी भारी तौल उठाउन सक्न पनि छाड्छौँ । तर, अध्ययनका अनुसार एक्सरसाइज नगर्दा हाम्रो शारीरिक बलमा उल्लेखनीय कमी आए पनि ‘मसल फाइबर’ को आकार भने एकदम थोरैले मात्र घट्ने गर्दछ । 


मांसपेसीमा स्ट्रेस पर्न छाड्ने हुनाले नै हाम्रो शरीरमा बल घट्दै जान्छ । हामीले एक्सरसाइज नगर्दा मांसपेसीको काम कम हुन पुग्छ र यो अल्छि बन्दै जान्छ जसकारण नै शरीरमिा बल पनि हराउँदै गएको हो । 

एक्सरसाइज गर्दा हामीले प्राप्त गरेको ‘मसल फाइबर’ को सङ्ख्या एक्सरसाइज छाडेको दुई हप्ता भित्र नै १३ प्रतिशतले घट्ने गर्दछ जसको अर्थ मांसपेसीको आकार सानो हुँदै जानेछ । 

जिममा भारी तौल उठाउनेहरुलाई एक्सरसाइज गर्न छाडेपछि त्यत्तिको भारी तौल उठाउन धेरै कठिन पर्दै जानेछ ।
 
यसरी निष्कर्षमा भन्नुपर्दा फिट रहन हामीले अत्यन्तै कडा मिहिनेत गरे पनि यसबाट ब्रेक लिएको ४८ घण्टामै हाम्रो कार्डिओभास्कुलर फिटनेस र बल घट्न सुरु हुन्छ । तर, शरीरले त्यसरी बल गुमाउँदै गएको कुरा हामीले दुईदेखि तीन हप्तापछि मात्र आभास गर्न थाल्छौँ । महिला र पुरुष अनि बढी उमेरका खेलाडीहरुमा समेत यो उत्तिकै स्तरमा लागु हुन्छ । यसमा हामी जति धेरै फिट छौँ एक्सरसाइज नगर्दा त्यति नै कम गतिमा फिटनेस गुमाइरहेका हुन्छौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro