site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब यस्तो हुनेछ निषेधाज्ञा : सवारीमा जोर–बिजोर, व्यापार–व्यवसाय समय तोकेर सञ्चालन गर्न दिइने

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

‘‘असार ७ गतेसम्मको कोरोना संक्रमणको अवस्था अध्ययन गरिनेछ । त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।

गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘असारपछि पनि लकडाउनलाई नै निरन्तरता दिई कोरोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरिनेछ । त्यसैअनुरुप स्वास्थ्य मापदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिनेछ,” उनले भने ।

शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । ‘‘अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन । स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” शर्माले भने, ‘‘यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइनेछ ।”

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संक्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा कडाइ गर्दै चरणबद्ध रुपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro