फोटो फिचर
काठमाडौं । आज जेष्ठ शुक्ल तृतीयाको दिन काठमाडौंको जैसीदेवलमा विधिवत रूपमा भगवान कुमारको स्नान सम्पन भएको छ । भगवान् कुमारको स्नान गरेको चार दिनपछि अर्थात् शिथिस् नखारःको दिन जात्रा गर्ने चलन छ ।
तर आर्थिक आभाव र जात्रा गर्ने मानिसहरूको कमीले गर्दा ३०–३५ वर्षदेखि कुमारको खत जात्रा नगरेको एक गुठियारले सुनाए । धेरैले गुठी छाडेकाले हाल दुईजना गुठियार मिलेर आफूले सकेको खर्च निकालेर विधि पूरा गरिरहेका छन् ।
भगवान कुमारको मूर्ति कहिले बनाएको भन्ने यकिन हुन छैन । तर, मूर्ति हेर्दा मल्ल कालमा बनेको हुनसक्ने अनुमान गुठियारको छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ १५:४२
प्रतिक्रिया दिनुहोस्