site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिने भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भइरहेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको छ । ‘‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्नेजति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,” प्रजिअ पराजुलीले बाह्रखरीसँग भने ।

KFC Island Ad
NIC Asia

उनका अनुसार निषेधाज्ञा केही खुकुलो पार्ने तयारी छ । ‘‘विकास निर्माणका कामलाई निरन्तरताका साथ प्राथमिकता दिइनेछ । बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ । यस विषयमा हामी निरन्तर गृहकार्यमा छौँ,” उनले भने, ‘‘संक्रमणदरमा सुधार आए पनि मृत्युदरमा सुधार नआएको सरोकारवालाहरुको भनाइ छ । यसकै आधारमा निषेधाज्ञाको मोडालिटी फेरबलद गरिन्छ ।”

असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ । निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौँ,” प्रजिअ पराजुलीले भने ।

Royal Enfield Island Ad

पछिल्लोपटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro